back
CTIZAN AD

पुलका सामान सुरक्षित स्थानमा राखिँदै

वि.सं.२०८० असार २९ शुक्रवार

813 

shares

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ तिलकीस्थित वनहरा नदीमा बाढीले चुँडालेको झोलुङ्गे पुलको सामान सुरक्षित स्थानमा राख्न थालिएको छ । गत वर्षको बाढीले चुँडालेको पुलका सामान खोलेर वडा कार्यालयमा राख्न लागिएको हो ।

अबिरल वर्षाका कारण नदीमा बाढी आउँदा पुल भएको स्थानमा ब्यापक कटान भइरहेको छ । जग्गा कटान हुँदा पोल ढलेर नदीमा खसेको छ । पुलका सामान हटाएर सुरक्षित स्थानमा राख्न थालिएको वडाध्यक्ष नवलसिंह रानाले बताए । पुलको सामान चोरी हुनसक्ने भएकाले सुरक्षित स्थानमा राख्न थालिएको उनको भनाइ छ ।

“पुल खोल्नका लागि मजदुरको ज्याला र ढुवानी खर्च नगरपालिकाले व्यहोर्ने आश्वासन दिएको छ”, वडाध्यक्ष रानाले भने ।

निर्माण भएको एक वर्ष नपुग्दै बाढीका कारण गत वर्ष पुल चुँडिएर नदीमा खसेको थियो । पुल ढलेपछि स्थानीयले नदी तर्न सास्ती खेप्दै आएका छन् । विद्यार्थी र बिरामीलाई यसबाट बढी समस्या भएको छ । “नदीमा ढलेको पुल हटाउन एक वर्ष कुर्नुप¥यो”, स्थानीय लक्ष्मण रानाले भने, “नयाँ पुल निर्माणको माग गरेका छौँ, सुनुवाइ भएको छैन ।” रु दुई करोड ५० लाखको लागतमा उक्त पुल निर्माण गरिएको थियो ।
रासस /फाइल फोटो

वि.सं.२०८० असार २९ शुक्रवार ०६:५९ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...