back
CTIZAN AD

लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार आजदेखि सुरू

वि.सं.२०८० असार २९ शुक्रवार

843 

shares

काठमाडाैं । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर आज (शुक्रबार) देखि एकीकृत कारोबार सुरू भएको छ। दुवै एक भएपछि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको छ।

दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो। दुवै बैंकको असार ३ गते सम्पन्न साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए। यस्तै, नेपाल राष्ट्र बैंकले असार २२ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २४ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो।

मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा रहने बताइएको छ। दुवै बैंक समान हैसियत अर्थात् १:१ को स्वाप रेसियोमा मर्जरमा गएका हुन्।

यसर्थ लक्ष्मी बैंक वा सनराइज बैंकको १०/१० कित्ता सेयर हुनेको मर्जरपछि बन्ने बैंकको पनि १० कित्ता सेयर नै हुनेछ।

हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ र सनराइज बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ छ। दुई बैंक एक भएपछि चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी भएको छ।

वि.सं.२०८० असार २९ शुक्रवार ०९:१८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...