back
CTIZAN AD

बर्दीमै रहेका बेला टिकटिक बनाएका २०८ प्रहरी कारबाहीमा

वि.सं.२०८० असार २९ शुक्रवार

822 

shares

काठमाडौं । बर्दीमै रहेका बेला टिकटक बनाएर सामाजिक संजालमा अपलोड २०८ जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले कारबाही गरेको हो ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव निरीक्षक कुँबेर कडायतका अनुसार २०७७ सालदेखि चालु आवको असार २२ गतेसम्म २०८ जनालाई कारबाही गरिएको हो ।

प्रवक्ता कडायतका अनुसार २०७७/०७८ मा ८२, २०७८/०७९ मा ३० जना र २०७९/०८० मा ९६ जना प्रहरी काराबाहीमा परेका हुन् ।कडायतका अनुसार पहिलोपटक टिकटक बनाएमा चेतावनी, दोहोरिएमा एकदिनको तलब काट्नेदेखि बढुवा रोक्ने सम्मका कारबाही गरिएको हो ।

कडायतका अनुसार २०७७ असोज २२ मा हेडक्वाटरले कार्यालयको अनुमति नलिइकन भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारबाही गर्ने चेतावनी दिएपनि त्यो नरोकिएको प्रवक्ता कडायतले बताए ।

वि.सं.२०८० असार २९ शुक्रवार १३:४९ मा प्रकाशित

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...