काठमाडौं । वायुसेवा सञ्चालक संघले ६ प्रतिशत हवाई भाडा वृद्धि हुने बताएको छ । आज साउन १ गते देखि हवाई सेवा कम्पनी भ्याटमा दर्ता हुने भएकाले भाडामा वृद्धि हुने बताइएको हो ।
संघले सरकारले लगाएको मुल्य अभिवृद्धि हालको भाडादरमै जोडिने जनाएको छ ।
‘वायुसेवा कम्पनीहरुले साउन १ गते देखी लागु हुनेगरी हवाई भाडा दरमा नै समावेशगरी मूल्य अभिवृद्धि कर उठाउने,’ विज्ञप्ती जारी गरेको छ ।
व्यवसायीका अनुसार सबै दुरीमा करिब ६ प्रतिशत रहेको छ ।
वि.सं.२०८० साउन १ सोमवार १०:४८ मा प्रकाशित






























