back
CTIZAN AD

चितवनमा ट्राफिक प्रहरीको परिचालन र सडकको स्तरोन्नती हुदाँ दुर्घटनामा कमी

वि.सं.२०८० साउन १ सोमवार

675 

shares

चितवन । जिल्लामा सवारी दुर्घटना र मृत्युको सङ्ख्या घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटना र मृत्यु हुनेको सङ्ख्या घटेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा तीन सय तीन दुर्घटना भएका छन् । त्यसमा ७८ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा एक सय ७० गम्भीर र चार सय ११ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा यसै अवधिमा पाँच सय ३० सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा एक सय ४० जनाको मृत्यु भएको थियो ।

त्यसमा दुई सय ६५ गम्भीर र सात सय छ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०७९÷८० मा ४० हजार छ सय ६४ सवारी साधन कारबाहीमा परेका छन् । ती बाट रु तीन करोड ४३ लाख ५८ हजार पाँच सय राजस्व उठेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले दुर्घटना बढी हुने सडकको स्तरोन्नती भएको, कतिपय सडक निर्माणका कारण रोकिएकाले सावधानीपूर्वक अन्य सडकको प्रयोग हुँदा दुर्घटनामा कमी आएको र ट्राफिक प्रहरीको परिचालन र सक्रियता बढाइएको बताए ।

यसैगरी सवारी चालकको सचेतना बढेको र कोभिडपछि सवारी चाप घटेका कारण दुर्घटनामा कमी आएको उनको भनाइ छ ।

वि.सं.२०८० साउन १ सोमवार १२:४८ मा प्रकाशित

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...