काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको पनि भाडा घटेको छ । स्वचालित मूल्य प्रणालीअनुसार डिजेल र पेट्रोलको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । सोहीअनुसार यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो ।
विभागका महानिर्देशक नारायणप्रसाद भट्टराइले बताएअनुसार यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराइमा ३.०९ प्रतिशतले भाडा घटेको छ ।
कहाँको भाडा कति ?
वि.सं.२०८० साउन १ सोमवार १३:०३ मा प्रकाशित






























