back
CTIZAN AD

एनआरएनए बेल्जियमको अध्यक्षमा सीता सापकोटा निर्वाचित

वि.सं.२०८० साउन २ मंगलवार

750 

shares

बेल्जियम । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियमको अध्यक्षमा सीता सापकोटा निर्वाचित भएकी छन् ।

जुलाई १६ मा सम्पन्न परिषद्को नवौं राष्ट्रिय अधिवेशनले सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
बेल्जियमका ६ क्षेत्रहरुमा रहेका मतदान केन्द्रमा एकैपटक भएको मतदानमा सापकोटाले १ हजार ११२ मत ल्याएर अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्धन्द्धी तीर्थ धमलाले ९४८ मत प्राप्त गरेका थिए ।

प्रमुख निर्वाचन आयुक्त गंगाधर गौतम, सहआयुक्त प्रेम गुरुङ र सदस्य सचिव विनोद न्यौपाने रहेको निर्वाचन समिकिा अनुसार परिषद्को नयाँ कार्यसमितिको उपाध्यक्षमा लोकेन्द्र नेपाल (पुष्प), काशी दनैं, महिला उपाध्यक्षमा सावित्री गिरी, युवा उपाध्यक्षमा रिवु श्रेष्ठ (बस्नेत), जनजाति उपाध्यक्षमा इन्दिरा चाम्लिङ, महासचिवमा रुविना शर्मा, उपमहासचिवमा राजेन्द्रबहादुर कार्की, सचिवत्रयमा रमेश दाहाल, संजयदेव श्रेष्ठ, इश्वरा शर्मा, महिला सचिवमा जमुना शर्मा आचार्य, कोषाध्यक्षमा अजित तुलाचन र सहकोषाध्यक्षमा राजु श्रीवास्तव निर्विाचित भएका छन् ।

त्यसैगरी युवा संयोजकमा सुदीप चौधरी, महिला संयोजकमा शारदा धिताल, महिला सहसंयोजकमा सरु गुरुङ (श्रेष्ठ), क्षेत्रिय संयोजकहरुमा गंगा प्रसाद गुरुङ (गेण्ट), सुरज खरेल (ल्युभेन), देवी कुमारी शर्मा (ब्रुज), चित्र गुरुङ (एन्ट्रोपेन) र सदस्यहरुमा रोशन गौतम, दिपिका केसी, विकी मल्ल, बिनोद शाही, नीता सुब्बा, सुर्यप्रसाद सापकोटा, सीता कुमारी दाहाल (महिला सदस्य), जानु नेपाल (खरेल), रश्मी निरौला, रमेश सापकोटा, सरोज आचार्य र अशोका केसी (महिला) सदस्यमा निर्वाचित भएका छन् ।

त्यसैगरी बेल्जियमबाट आइसीसी सदस्यमा भीम सुवेदी, हरि भट्टराई र मदन दवाडी आइसीसी सदस्यमा निर्वाचित भएको पनि प्रमुख निर्वाचन आयुक्त गंगाधर गौतमले संसारन्युजलाई जानकारी दिएका छन् ।

वि.सं.२०८० साउन २ मंगलवार १३:५७ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...