back
CTIZAN AD

एनआरएनए केन्याको छैठौ अधिवेशन सम्पन्न, आईसीसी सदस्यसहित सबै निर्बिरोध

वि.सं.२०८० साउन २ मंगलवार

978 

shares

नैरोबी । गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्याको छैठौ अधिवेशन सम्पन्न भएको छ ।

केन्याको राजधानी नैरोबीस्थित अंगुठी रेष्टुरेण्टको हलमा सम्पन्न उक्त अधिवेशनमा परिषद्का अध्यक्ष कृष्णप्रसाद गैरेको सभापतित्व तथा केन्याको लागि अवैतनिक महावाणिज्यदूत जिम्मी अस्करको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पूर्वआइसीसी सदस्य यादव काफ्ले, संस्थापक अध्यक्ष एवं केन्द्रीय निर्वाचन पर्यवेक्षक कुल बहादुर कार्कीको विशेष उपस्थिति रहेको थियो ।

अवैतनिक महावाणिज्यदूत जिम्मी अस्करद्वारा दिप प्रज्वलन गरि सुरुवात गरिएको उक्त कार्यक्रममा उपस्थित अथितिहरूलाई महिला उपाध्यक्ष लक्ष्मी बुलुन र कविता अधिकारीले स्वागत अतिथिहरुलाई खाता ओडाएर स्वागत गरेका थिए भने परिषद्का बरिष्ठ उपाध्यक्ष शिवलाल अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

त्यस्तै समितिका महासचिव यज्ञमणि रेग्मी (भरत) ले पेश गरेको २०२१÷२०२३ को बार्षिक प्रतिबेदन, कोषाध्यक्ष रवि जैनले आर्थिक प्रतिबेदन पेश गरेका थिए भने सागर भन्डारी विभोरले गजल वाचन, गंगा बस्यालले नारी सम्बन्धि कविता, सन्तोष कँडेल र कमलराज अधिकारीले गीत प्रस्तुत गरेका थिए ।

छैटौं वार्षिक सम्मेलनलाई थप सफल बनाउन संयुक्त राष्ट्र संघ, विश्व खाद्य कार्यक्रम र नेपाली सेनाका अतिथिहरुको उपस्थिति रहेको थियो । जसमा जापनीज इन्टरनेशनल अर्गनाइजेशनमा कार्यरत दिपक केसी, युएनएचसीआरमा कार्यरत निरोज श्रेष्ठ, गाइनोकोलोजिष्ट डा.राजेश चौधरी र डब्ल्ुएपपीमा कार्यरत जगदिश पन्तले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए । शुभकामना मन्तव्यका क्रममा उनीहरुले प्रत्येक सदस्यलाई एनआरएनए एनसीसी केन्यालाई केन्याभित्र रहेका नेपालीहरू अभिभावक संस्था बनाउन योगदान दिन आग्रह गरेका थिए ।

त्यसैगरी कृष्णदत्त भट्ट संयोजक, कृष्ण प्रसाद भण्डारी, यादव काफ्ले सदस्य रहेको निर्वाचन समितिले परिषद्को आइसीसी सदस्यसहित सबै कार्यसमितिलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।

जसको अध्यक्षमा शिव लाल अधिकारी, उपाध्यक्षमा यज्ञमणि रेग्मी (भरत), महिला उपाध्यक्षमा मिरा गिरी, महासचिवमा रवि जैन, सचिवमा प्रभाकर भण्डारी, कोषाध्यक्षमा दिपक अधिकारी, सहकोषाध्यक्षमा कमल राज अधिकारी, महिला संयोजकमा कल्याणी काफ्ले र युवा संयोजकमा किसन रुथ रहेका छन् ।

त्यस्तै कार्यकारीणि सदस्यहरुमा राजन अधिकारी, सन्तोष कंडेल, डा. राजेश चौधरी, बिष्णु भुसाल, गणेश बाहदुर कामी, अम्विका प्रसाद भण्डारी, मदन श्रेष्ठ, आनन्द आलोक यादव पनि निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन संयोजक भट्टले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाइ पद तथा गोपनियताको सपथ खुवाएका थिए भने प्रमुख अतिथि जिम्मि अस्कर, अतिथि कुलबहादुर कार्की र यादव काफ्लेले नयाँ कार्यकाल सफलताको कामनासहितको शुभकामना दिएका थिए ।

त्यसैगरी नयाँ कार्यसमितिको तत्कालै बसेको बैठकले परिषद्को संरक्षकमा कुल बहादुर कार्की र यादव काफ्ले तथा सल्लाहकारमा कृष्ण दत्त भट्ट, मान बाहदुर कामि, लक्ष्मी बुलुन र कृष्ण प्रसाद भण्डारीलाई चयन गरेको छ ।

त्यस्तै परिषदले आइसीसी सदस्यमा कृष्ण गैरेलाई प्रस्ताव गरेको छ ।

वि.सं.२०८० साउन २ मंगलवार १६:१३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...