back
CTIZAN AD

ट्राफिक नियमबारे प्रशिक्षण

वि.सं.२०८० साउन ३ बुधवार

822 

shares
रसुवा । सवारी साधन उपयोग गर्दा हुनसक्ने जोखिम न्यून गर्न रसुवामा ट्राफिक नियमबारे प्रशिक्षण दिइएको छ । यात्रा गर्नुअघि सवारी साधन चढ्दा र ओर्लदा यात्रुले पालना गनर्सपर्ने कुरा, चालकले यात्रुलाई गर्नुपर्ने व्यवहार तथा नीति नियमका विषयमा रसुवा ट्राफिक प्रहरीले विद्यालयस्तरसम्म जनचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
ट्राफिक प्रहरीले सञ्चालन गरेको उक्त प्रशिक्षणमा ७० विद्यार्थी, नौ सय ९५ व्यवसायी तथा सवारी चालक एवं परिचालक तथा एक हजार तीन सय ३४ सर्वसाधारण सहभागी थिए ।
गत आर्थिक वर्षमा ट्राफिक प्रहरीले एक सय ५५ पटक  प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । यसबाट छ हजार नौ सय चार जना लाभान्वित भएका जिल्ला ट्राफिक इञ्चार्ज प्रकाश पाण्डेयले जानकारी दिए । यस्तै गत आवमा ट्राफिक नियम उल्लङ्घन गर्ने  पाँच हजार तीन सय २५ चालकलाई कारबाही गरिएको छ । कारबाही वापतको रु ५४ लाख ८८ हजार शुल्क राज्य कोषमा दाखिला गरिएको उनले बताए ।
कारबाहीमा पर्नेमा दुई हजार आठ सय आठ ट्रकका चालक, एक सय ९९ बसका चालक, एक हजार एक सय ३४ कार र जीपका चालक, तीन ट्र्याक्टरका चालक, एक हजार एक सय ८१ मोटरसाइकल चालक रहेका पाण्डेयले बताए । गत आर्थिक वर्षमा १६ वटा सानाठूला सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका थिए ।
रासस

वि.सं.२०८० साउन ३ बुधवार १०:३५ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...