काठमाडौं । सय केजी सुन तस्करी प्रकरणमा हालसम्म १० जना पक्राउ परेका छन् ।
बुधबार ठूलो मात्रामा (८० केजी) सुन त्रिभुवन विमानस्थलबाट भन्सार पास गराएर ट्याक्सीमा राखिएको अवस्थामा राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।
सो टोलीले बिहीबार बिहानदेखि बेलुकासम्म सुन तस्करीमा संलग्न चिनियाँ, भारतीय र नेपाली गरी १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाईलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ भने पक्राउ परेकामध्ये ६ जनाविरुद्ध अदालतबाट म्याद थप भइसकेको छ । प्रहरीले हालसम्म सुन पठाउने व्यक्ति वा समूहका बारेमा भने पत्ता लगाउन सकेको छैन ।
बिहीबार पक्राउ परेकामा चिनियाँ नागरिक, जिक्वाङ लिङ रहेका छन् । प्रहरीले उनी बस्ने घरबाट समेत संकास्पद बाकस बरामद गरेर अनुसन्धान थालेको छ । उक्त वाकसमा पनि सुन रहेको आशंका प्रहरीले गरेको छ ।
त्यसैगरी तिब्बतीय मुलका भारतीय नागरिक थिप्तेन छिरीङ, दोलखाका रामकुमार भुजेल, दीलिप भुजेल, भोजपुरका हर्कराज राई, ट्याक्सी चालक अशोक लामा ट्याक्सी चालक, कोटेश्वरबाट पक्राउ परेका ठेगाना नखुलेका राजन श्रेष्ठ र कृष्ण श्रेष्ठ,ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट र भन्सार ऐजेन्ट राजेन्द्र राई रहेका छन् ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र नाम पोलिएका अन्य व्यक्तिको पनि खोजी भइरहेको छ ।
सुन तस्करी प्रकरणमा थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या १० पुग्यो
सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न १० दिनको म्याद थप, यी हुन् पक्राउ परेका ६ जना
वि.सं.२०८० साउन ५ शुक्रवार ०७:१५ मा प्रकाशित






























