back
CTIZAN AD

निःशुल्क फोहर उठाउँदै नगरपालिका

वि.सं.२०८० साउन ५ शुक्रवार

882 

shares
डुम्रे । तनहुँको भानु नगरपालिकाले नगरवासीको घर-घरबाट निस्कने फोहरमैला निःशुल्करूपमा उठाउने गरेको छ । नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहरमैला उठाउने गरेको छ ।
नगरपालिकाले बजार क्षेत्रका बस्तीबाट दैनिक फोहरमैला उठाउने गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । “घर–घरबाट फोहरमैला उठाएर नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा व्यवस्थापन गर्ने गरेका छौँ”, उनले भने ।
नगरपालिकाले विशेषगरी डुम्रे, तुरतुरे, कालिमाटी, पुर्कोट, भन्सार, नारेश्वरटार, बारीफाँट, टुरेपसललगायत स्थानबाट फोहरमैला उठाउने गरेको त्रिपाठीले बताए । “नगरपालिकाभित्र फोहरमैलाको दुर्गन्ध फैलन नदिन निःशुल्क फोहर उठाउने गरेका हौँ, सरसफाइ तथा फोहरमैलासम्बन्धी कार्यविधि बनाउने तयारीमा छौँ”, उनले भने ।
फोहरमैला भानुका-१ अँधेरीखोला किनार नजिकै व्यवस्थापन गर्ने गरिएको छ । सबै वडाबाट सङ्कलित फोहरमैला नगरपलिकाकै स्वामित्वमा रहेको ३५ रोपनी जग्गामा व्यवस्थापन गर्दै आएको नगरप्रमुख त्रिपाठीले बताए । उक्त जग्गा नगरपालिकाले फोहर व्यवस्थापनका लागि उक्त जग्गा खरिद गरेको हो ।
रासस/फाइल फोटो

वि.सं.२०८० साउन ५ शुक्रवार ०९:३२ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...