back
CTIZAN AD

बालीविज्ञान पढ्ने १६ विद्यार्थीलाई पालिकाले छात्रवृत्ति दिने

वि.सं.२०८० साउन ८ सोमवार

882 

shares

टक्सार (भोजपुर) । गाउँमै प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ भोजपुरको रामप्रसाद राई गाउँपालिकाले बालीविज्ञान पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

गाउँपालिकामा गत वर्षबाट सञ्चालनमा आएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयमा बालीविज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाकाले छात्रवृत्ति सहयोग गर्न लागेको हो । रामप्रसाद राई–५ मानेभञ्ज्याङ, आमबोटेमा गत वर्षबाट शिक्षालय खुलेसँगै बालीविज्ञान कक्षा सञ्चालन हुँदै आइरहेको छ । गाउँपालिकाभित्र रहेका आठ वडाका दुई/दुई गरी १६ विद्यार्थीलाई बालीविज्ञान अध्ययनका लागि गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको गाउँपालिकाको प्रशासन शाखाका अनन्त राईले जानकारी दिए ।

राईका अनुसार बहुप्राविधिक शिक्षालयमा तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) मा अध्ययन गर्ने विद्यार्थीले पालिकामार्फत छात्रवृत्ति पाउने छन् । गाउँपालिका शिक्षा शाखा प्रमुख दानबहादुर भट्टराईका अनुसार छात्रवृत्ति प्रदान गर्ने विषयमा गाउँकार्यपालिका र शिक्षा समितिले निर्णय गरिसकेको छ भने छात्रवृत्तिका लागि आवेदनसमेत माग गरिएको छ । गाउँपालिकाका अनुसार छात्रवृत्ति पाउन एसइई परीक्षामा कम्तीमा एक दशमलव छ जिपिए ल्याएको हुनुपर्नेछ ।

आफ्नै पालिकामा शिक्षालय सञ्चालनमा रहेकाले स्थानीयस्तरमा नै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले छात्रवृत्ति दिन लागिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । छात्रवृत्तिका लागि परेका आवेदनमा जेहेन्दार र विपन्नलाई प्राथमिकता दिइनेछ । गाउँपालिका अध्यक्ष राईले भने, “पालिकाले भोजपुर बहुमुखी क्याम्पसमा पढ्ने विद्यार्थीलाई समेत छात्रवृत्ति उपलब्ध गराइरहेको छ, यो आफ्नै पालिकामा रहेको बहुप्राविधिक शिक्षालयमा पनि अध्ययन गर्ने विद्यार्थीलाई पनि छात्रवृत्ति दिने निर्णय गरिएको हो ।” यसले प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण पनि बढ्ने उनी बताउँछन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा आफ्नै जन्मगाउँ मानेभञ्ज्याङको आमबोटेमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय खुलेको हो । भोजपुर जस्तो दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न उनको पहलमा रु ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा शिक्षालय निर्माण भएको थियो । पचपन्न रोपनी क्षेत्रफलमा निर्माण गरिएको प्राविधिक शिक्षालयलाई पूर्वराष्ट्रपति भण्डारीले ३७ रोपनी र उनका अन्य परिवारले १८ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए ।

शिक्षालयमा एकेडेमिक भवनका साथै छात्राबास, कर्मचारी आवास गृह, कम्प्युटर ल्याब, प्रयोगात्मक भवन पनि निर्माण गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी)बाट सम्बन्धन प्राप्त शिक्षालयमा बालीविज्ञानको अध्ययन अध्यापन भइरहेको छ ।

 

वि.सं.२०८० साउन ८ सोमवार १५:२३ मा प्रकाशित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट...