back
CTIZAN AD

धान उत्पादन बढ्ने विश्वासका साथ थारू समुदायले लगाए ‘सुच्चा पूजा’

वि.सं.२०८० साउन ९ मंगलवार

807 

shares

नेपालगञ्ज । बाँकेमा रतगैया थारू समुदायले ‘सुच्चा पूजा’ गरेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका–४ स्थित धामपुरमा उनीहरुले धानको उत्पादन बढ्ने विश्वासका साथ उक्त पूजा गरेका हुन् ।

“वर्षौंदेखि पुर्खाहरुले नै यो पूजा गर्दै आएका छन्, त्यही भएर रोपाइँ सकिएपछि हामी यस्तो पूजा गर्छौं”, धामपुरका स्थानीय लौटन थारूले भने । उनिले उक्त पूजाका कारण वर्षा हुने र त्यसबाट धान उत्पादनमा वृद्धि हुने विश्वास भएको उल्लेख गर्दै पूजा नगर्दासम्म दशैँमा बलि दिनसमेत नमिल्ने बताए । धान रोपाइँ सुरु भएको र रोपाइँ अन्त्य समेत भएको भन्दै उक्त समुदायले कूल देउतालाई पूजा गरिने स्थानीयवासी बताउँछन् । सुच्चा पूजा दशँै अगावै गरिनुपर्ने प्रचलन छ ।

थारू समुदायमा धान रोपाइँको सुरुआती चरण अरू समुदायभन्दा फरक शैलीको हुने गर्छ हरेक थारू बस्तीमा धान रोपाइँ हुनुभन्दा पहिलो दिन उनीहरुले गाउँभरिका समुदाय मिलेर सँुगुर अर्थात् (जिता) मार्ने, र अन्य मीठा मीठा परिकार खाने गरेको स्थानीय नेपालगन्जका रामभगत चौधरी बताउँछन् ।

उनीहरुले माछामासु, सागपात, अन्न, घोघी, सिध्रा बनाई खेतमै गएर पूजा अर्थात् (कल्वा) खुवाई गरेपछि मात्र खेत रोपाइँ सुरु गर्ने प्रचलन छ । कल्वा खुवाइको दिन गाउँभरिका बासिन्दा आ–आफ्नो घरबाट बनाएको परिकार खेतमै लगेर खाने गर्दछन् । खेतको पूजा गरी मीठा मीठा परिकार खेतमा चढाएर खाने जनाइएको छ ।

“थारू समुदायमा खेती गर्ने शैली परिवर्तन भए पनि खेतको उद्घाटन अर्थात् कल्वा खुवाई भने परिवर्तन भएको छैन”, बर्दिया ठाकुरबाबा नगरपालिकाका अगुवा लहानु थारू भन्छन् ।

त्यसैगरी थारू समुदायमा रोपाइँ सकिएपछि हरेरी पूजा समेत गर्ने प्रचलन रहेको छ । बाँकेमा रतगैयाबाहेक तेलदेहुवा, भगोरिया, कुसुमिया, देमनडौरा, धामलगुवा, दहितलगायत दर्जनौँ समुदायका थारूहरु छन् । यस वर्ष वर्षा कम भएका कारण केही ठाउँमा रोपाइँ सकिएको छ भने केही ठाउँमा रोपाइँ जारी रहेको छ ।file photo 

 

वि.सं.२०८० साउन ९ मंगलवार १४:२९ मा प्रकाशित

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...