back
CTIZAN AD

संसदमा एक्लिँदै एमाले, राप्रपा र रास्वपाले छाडे साथ

वि.सं.२०८० साउन १० बुधवार

861 

shares

काठमाडौं । प्रितम सिंहबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर एमालेले गत असार तेस्रो साता संसद अवरुद्ध गर्‍यो । प्रधानमन्त्री प्रचण्डको राजीनामा नै माग गर्दै चार दिन (असार २०देखि २४ गते)सम्म संसद चल्न दिएन । तर, निर्विकल्प राजीनामाको अडानमा देखिएको एमालेले असार २५ मा कुनै कारण बिनै संसद खुलाउन सहमति दियो ।

प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले संसदमा सम्बोधन गरे । उनको संम्बोधन चित्त नबुझेको बताएको एमाले त्यसपछि मौन बन्यो ।

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै एमालेले संसद अवरुद्ध गर्दा सुरुमा प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाले पनि सहयोग गरेका थिए । तर, एमाले नै आफ्नै अडानमा नदेखिएपछि दुवै दल हच्किए ।

जुन घटना अन्य दलका निम्ति राम्रो पाठ सिकाइको विषय पनि बनेको देखियो । रास्वपा र राप्रपाले सार्वजनिकरुपमै ‘एमालेको पछि लाग्नु गल्ति भएको’ बताउनु पर्ने अवस्था बन्यो ।

गत बुधबार भन्सार जाँचपासबाट बाहिरिएको एक सय किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामत गरेको घटनालाई लिएर फेरि एमालेले संसद अवरुद्ध गर्ने तयारी गरेको छ । एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्ने संसद अवरुद्धको तयारी गरेको छ । एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।

“गृह र अर्थमन्त्रीले सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्छ, यो कुरा संसदमा हामी जोडदाररुपमा उठाउँछौं”, उनले भनेका छन् ।

तर, एमालेको पछिल्लो मागमा राप्रपा र रास्वपा पछि नलाग्ने भएको छ । राप्रपाले घटनाबारे जवाफ माग्ने तयारी गरेको भएपनि रास्वपा भने सरकारलाई नै सहयोग गर्ने लाइनमा देखिएको छ । रास्वपाले सरकारको काम सराहनीय भएको भन्दै अनुसन्धानलाई अघि बढाउन आग्रह गरेको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार यो प्रकरणमा रास्वपा एमालेको पछि लाग्दैन ।

“सरकारले अनुसन्धानलाई तिव्ररुपमा अगाडि बढाओस्, यो अनुसन्धानमै रहेको विषय हो, यसमा हामी बोल्न आवश्यक छैन”, परियारले भनेका छन्, “यो घटनामा रास्वपा एमालेको पछि लाग्दैन ।”

निरन्तर फेरिने शैली र अडानबाट विपक्षी दलहरु एमालेप्रति विश्वस्त हुने अवस्थामा देखिएका छैनन् । घटनाक्रमले एमालेप्रति दलहरुभित्र अविश्वास पनि पैदा हुँदै गरेको देखाउँछ । घटनाक्रम संसदमा प्रतिपक्षी दलहरु विभाजित भएको र एमाले एक्लिएको देखाउँछ ।

वि.सं.२०८० साउन १० बुधवार १२:४७ मा प्रकाशित

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...