back
CTIZAN AD

झापामा एक वर्षमै दुई सय पाँच लागुऔषधको मुद्दा फछ्र्यौट

वि.सं.२०८० साउन १० बुधवार

816 

shares

झापा  । झापामा लागुऔषध सम्बन्धीका दुई सय ६ मुद्दा दर्ता भएकामध्ये दुई सय पाँचको फछ्र्यौट भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार आर्थिक वर्ष २०७९÷८० मा १७ भारतीय नागरिकसहित तीन सय ३६ जना लागुऔषध कारोबारी पक्राउ परेका र ती मध्ये १६ देखि ६० वर्षमाथि वर्षसम्मका व्यक्ति छन् ।

उनले १६ वर्षमुनिका एक, १६ देखि २५ पर्ष उमेर समूहका एक सय सत्ताइस, ३६ देखि ४५ वर्षका ३८, छयालिसदेखि ६० वर्षका १२ र ६० वर्षमाथिका एक जनालाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाएको बताए ।

जिल्लाका काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज, डिगलबैंक, कुमरखोद, कचनकवल लगायतका विभिन्न नाकाबाट दैनिक जसो प्रहरीले लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई नियन्त्रणमा लिइरहेको छ ।

प्रवक्ता रिजालले गत आर्थिक वर्षमा लागुऔषध सेवनकर्तालाई मनोपरामर्श दिई आफन्तलाई जिम्मा लगाइएको सङ्ख्या नौ सय ६२ जना रहेको बताए । उनले एक वर्षको अवधिमा लागुऔषधि मुद्दामा करिब दुई केजी ब्राउन सुगर, २८ केजी गाँजा, एक सय १५ लुपिजेसिक, एक सय ३० एमपुल डाइजापाम, एक सय २५ एम्पुल फेनरागन, नाइट्रोसन चक्कीलगायत बरामद गरेको जानकारी दिए ।

वि.सं.२०८० साउन १० बुधवार १६:४० मा प्रकाशित

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...