back
CTIZAN AD

गाउँपालिकाद्वारा पहिरो विस्थापितलाई एकीकृत बस्ती निर्माण

वि.सं.२०८० साउन १४ आइतवार

1.1K 

shares

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिराबाट विस्थापित परिवारका लागि एकीकृत बस्ती निर्माण थालेको छ । पहिरोबाट उच्च जोखिम बस्तीलाई सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु भएको हो ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले तीन दिनमा १५ अस्थायी घर निर्माण भइसकेको बताए । उनले निर्माण तीव्रगतिले अघि बढेको बताउँदै यसलाई अझ प्रभावकारी र छिटो सम्पन्न गर्न मैवाखोलामा गठन तथा दर्ता भई सञ्चालनमा रहेका टोल विकास संस्थाको भूमिका महत्त्वपूर्ण भएकाले सबै टोल विकास संस्थाले आफ्ना सदस्यलाई परिचालन गर्न आग्रहसमेत गरेका छन् ।

अध्यक्ष वनेमले विपद्को समयमा एकापसमा सहयोग गरेर पैचो लगाइराख्न र भोलि आफूलाई पर्दा पनि बिर्सने छैनन् भन्ने सोचका साथ सहयोगमा जुट्न मैवाखोलावासीसँग आग्रहसमेत गरेका छन् । उनले बाढीपहिरो पीडितलाई स्थानान्तरण गर्न अस्थायी घर निर्माण स्वःस्फूर्तरूपमा सहभागी हुन र सोका लागि टोल विकास संस्थाले जनश्रमदानमा आउँदा अध्यक्षसँग समन्वय गर्नसमेत अनुरोध गरेका छन् ।

गाउँपालिकाका अनुसार जोखिममा रहेका ओदक क्षेत्रका ६४ घरपरिवारलाई मैवाखोला गाउँपालिका वडा नं ३ मा रहेको मदन भण्डारी रङ्गशालामा अस्थायी एकीकृत बस्ती बनाई स्थानान्तरण गर्ने योजनाका साथ काम भइरहेको मैवाखोला गाउँपालिकाका प्रविधिक शाखाले जनाएको छ ।

गत असार २ गते राति आएको पहिराका कारण ओदकका घर जोखिममा परेका हुन् । पालिकाले बस्ती निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्वेच्छिकरूपमा उपलब्ध गराउन आग्रह गरेको छ । चौसठ्ठी घरपरिवारलाई एकीकृत बस्ती निमार्ण गर्न करिब रु एक करोड खर्च लाग्ने मैवाखोला गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले बताइन् । उनका अनुसार अबको करिब एक महिनासम्ममा एकृकीत बस्ती निर्माण सम्पन्न हुने छ ।
रासस/फाइल फोटो

वि.सं.२०८० साउन १४ आइतवार १०:०९ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...