कोरिया । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा बुद्वि गुरुङ निर्वाचित भएका छन् ।
परिषद्को जुलाइ २९ र्र ३० मा सम्पन्न नवौ महाधिवेशनले गुरुङको नेतृत्वमा नर्या कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पार्वती मोक्तान, उपाध्यक्षहरुमा हरिप्रसाद भट्टराई, सुनिल कन्दवा, तारा पुन मगर, महिला उपाध्यक्षमा आरती ह्योल्मो, महासचिवमा केशव थापा, सचिवद्धयमा कमल भण्डारी र पुर्णराम बुढा, कोषाध्यक्षमा भक्तबहादुर गुरुङ, सहकोषाध्यक्षमा विष्णु बुढाथोकी, युवा संयोजकमा युविन श्रेष्ठ, महिला संयोजकमा निला राई निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्हरुमा विन्दु शाह, विष्णु बहादुर रकाल, विष्णु रेग्मी, मंगल प्रसाद योन्जन, गंगा राजन मगर र सपना अधिकारी निर्वाचित भएका छन् ।
त्यस्तै दीपक पुन, बुद्धिप्रसाद नेपाल, हर्कमान गुरुङ र रोशन शर्मा पौड्याल आइसीसी सदस्यमा निर्वाचित भएका छन् ।
वि.सं.२०८० साउन १७ बुधवार १५:४२ मा प्रकाशित




























