back
CTIZAN AD

माओवादी केन्द्रको केन्द्रीय समितिमा थपिने भए २४ जना महिला

वि.सं.२०८० साउन १७ बुधवार

1.3K 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप्ने भएको छ ।

बुधबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्याउने गरी २४ जना महिला सदस्य थप गर्ने प्रस्ताव अगाडि सारेका छन् ।

हाल माओवादी केन्द्रीय समितिमा ३८५ जना सदस्य छन् २४ जना महिला थपिएपछि केन्द्रीय सदस्यको संख्या ४०९ पुग्ने छ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभा कक्षमा बुधवार देखि सुरु भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्ने बताइएको छ । साथै बैठकको पहिलो कार्यसूचीमा श्रद्धाञ्जली व्यक्त, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधन (राजनीतिक र सांगठनिक प्रतिवेदन), विधान संशोधन प्रस्ताव, सांगठनात्मक कार्य (अभियान र कार्यविभाजन लगायत) रहेका छन् ।

 

 

वि.सं.२०८० साउन १७ बुधवार १५:५९ मा प्रकाशित

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...