back
CTIZAN AD

ग्लोबल नेपाली फिल्म अवार्डका लागि यी कलाकार अमेरिका आउँदै

वि.सं.२०८० साउन १८ बिहीवार

1K 

shares

अमेरिका । अमेरिकामा आगामी अगस्त १२ मा आयोजना हुने ग्लोबल नेपाली फिल्म अवार्ड (बिश्व नेपाली चलचित्र पुरस्कार) समारोहको छैटौं संस्करणको तयारी द्रुत रुपमा अघि बढेको छ ।

आयोजक ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कका संचालक शैलेशका अनुसार ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को छैटौं संस्करण न्युयोर्कमा हुन लागेको हो ।

चलचित्रकर्मीहरूलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिँदै आएको यो समारोह बिगतमा अमेरिकाका विभिन्न राज्यहरुमा सफलतापूर्वक सम्पन्न भैसकेका छन् ।

यस वर्ष यो पुरस्कार समारोह न्युयोर्कको क्विन्स शहरको मेलरोज बलरुममा हुनेछ जहाँ हालसालै मिसनेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी )प्रतियोगिताको आयोजना भव्यताको साथ सम्पन्न भएको थियो ।

समारोहका लागि नेपालबाट नीर शाह, शिव श्रेष्ठ, भुवन केसी,कृष्ण मल्ल, सुनिल थापा, शर्मिला मल्ल, प्रियंका कार्की, अनमोल केसी, सरोज खनाल, दिलिप रायमाझी, मेलिना मानन्धर, रिचा घिमिरे, जल शाह, पुजा चन्द (लामा), अरुणिमा लम्साल, निखिल उप्रेती, सारङ्गा श्रेष्ठ, शंकर घिमिरे, स्वस्तिमा खड्का, आयुष्मान देशराज जोशी, रेश्मा घिमिरेलगायतको सहभागिता हुनेछ । समारोहमा ५ दर्जन भन्दा बढी कलाकारहरुको जमघट हुनेछ ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा समारोहको आयोजना गर्ने छ ।
अवार्ड(पुरस्कार)का संरक्षक तथा नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल र ग्लोबल फिल्म अवार्ड (पुरस्कार)का अध्यक्ष नवराज श्रेष्ठ हुन् ।

 

वि.सं.२०८० साउन १८ बिहीवार १३:४६ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...