back
CTIZAN AD

भ्रष्टाचारको फाइल खोल्दा पार्टीभित्रकै मान्छे परे पनि नछाड्ने नारायणकाजीको चेतावनी

वि.सं.२०८० साउन १८ बिहीवार

843 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरुको कारबाही प्रक्रियामा पार्टीकै नेताहरु परे पनि नछाड्ने चेतावनी दिएका छन् ।

बुधबारदेखि राजधानीमा आयोजित केन्द्रीय समितिको बैठकको दोस्रो दिनमा आफ्नो धारणा राख्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका श्रेष्ठले भ्रष्टाचारका विरुद्ध चालिएको सरकारको अभियान नरोकिने बताउँदै सुन तस्करी प्रकरणमा जो कोही भएपनि नछाडिने चेतावनी दिएका हुन् ।

‘भ्रष्टाचार, तस्करी लगायतका फाइल खोल्दा हामीले को पर्छ भनेर हैन, जो परेपनि नछाड्ने दृढता लिएका छौं,’ गृहमन्त्री श्रेष्ठले भने, ‘पार्टी भित्रका परे पनि पछाडि नहट्ने संकल्प लिएका छौं ।’

नेता श्रेष्ठले सरकारले अहिले इतिहासकै उत्कृष्ठ काम गरेको बताउँदै त्यसको जति प्रचार हुनुपर्ने हो नभएकोले विपक्षीले सरकारमाथि फैलाएको भ्रम चिर्न नसकिएको बताए ।

बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको  चौथो पूर्ण बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमा धारणा राख्ने क्रम जारी रहेको छ ।

 

 

वि.सं.२०८० साउन १८ बिहीवार १५:१४ मा प्रकाशित

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...