back
CTIZAN AD

नेपाली बजारमा ओपो ए-७८ सार्वजनिक, यस्ता छन् विशेषता

वि.सं.२०८० साउन १९ शुक्रवार

1.3K 

shares

काठमाडाैं । नेपाली बजारमा ओपो ए-७८ सार्वजनिक भएकाे छ।

यसमा एफएचडी प्लस एमिलोड डिस्प्ले, डुअल स्टेरियो स्पिकर, लाइटनिङ-फास्ट ६७ वाट फ्ल्यास चार्ज रहेको छ। यसको ५००० एमएएचको ब्याट्री ४४ मिनेटमा पूरा चार्ज हुने कम्पनीले दाबी गरेको छ।

अल्ट्रा-स्लिम रेट्रो डिजाइन, ६.४ स्क्रिनमा ९० एचजेड रिफ्रेस रेट र १८० एचजेड, इन–डिस्प्ले फिंगर प्रिन्ट अनलक यसमा विशेषता हुन्।

ए-७८ मा ५० मेगापिक्सलको मुख्य क्यामेरा छ। यो फोन ए-७८ स्न्यापड्रयागन ६८० प्लेटफर्मद्वारा सञ्चालित छ।

फोनमा ८ जीबी र्‍याम र २५६ जीबी रोम छ। जसलाई १ टीबीसम्म विस्तार गर्न सकिन्छ। यसकाे मूल्य ३२ हजार ९९९ ताेकिएकाे कम्पनीले जानकारी दिएकाे छ।

वि.सं.२०८० साउन १९ शुक्रवार १६:१३ मा प्रकाशित