८ बैशाख, काठमाडौँ—युरोपको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको सेमिफाइनलको ड्र सार्वजानिक भएको छ । शुक्रबार युएफाको हेडक्वाटर नियोनमा भएको ड्रमा स्पेनिश टोलिहरु रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड भिड्ने भएका छन् । यो सँगै स्पेनिश प्रतिदन्द्धीहरु ४ वर्षमा ३ पटक भिड्ने भएका हुन । यस्तै गरि इटलियन क्लब युभेन्ट्सले फ्रेन्च क्लब मोनाको प्रतिदन्द्धी पाएको हो ।
च्याम्पियन्स लिगको पहिलो खेल मे २ र ३ तारिखमा हुदै छ ।