back
CTIZAN AD

संदीप तोशनीवालसँग विहे गर्दै करिश्मा कपुर

वि.सं.२०७४ वैशाख ८ शुक्रवार

972 

shares

karishima2
भारतीय अभिनेत्री करिश्मा कपुरले दोश्रो विहे गर्ने चर्चा चलेको छ । उनले व्वाइफ्रेन्ड संदीप तोशनीवाल सँग दोश्रो बिहे गर्न लागेको समाचार आएको छ ।
एक वर्ष अघि १३ वर्षको लामो सम्बन्धलाई तोडेर विजनेस म्यान तथा अभिनेता पति संजय कपुरसँग सम्बन्ध बिच्छेद गरेकी अभिनेत्री करिश्माले तोशनीवालसँग विहे गर्न लागेको बताइएको छ । तर उनका बुवा रणधीर कपुरले भने यसलाई अस्वीकार गरेका छन् ।
उनीले भनेका छन्, ‘मलाई अहिल्यै करिश्माले बिहे गर्छिन जस्तो लाग्दैन, करिश्माले बिहे नै गर्ने सोँचेकी छन भने हाम्रो शुभकामना छ । परिवारले सहयोग गर्नेछ ।’
उनले भने ‘लोलो अहिले राम्रैसँग सेटल भइसकेकी छन्, उनी धेरै खुसी छन । करिश्माले बिहे गर्छु भनेको सुनेको छैन, उनले बिहेगर्ने योजना बनाएकी छन भने हाम्रो पूर्ण समर्थन र सहयोग हुनेछ ।’
२०१० मा दुई छोरासँगै श्रीमानको घर छोडेर आएकी करिश्माले २०१६ जुनमा श्रीमानसँग सम्ब्न्ध विच्छेद गरेकी थिईन् । उनको १२ र ७ वर्षीय कियान र राज कपुर नामका दुइ छोरा छन् ।

उता करिश्माका पूर्वपति संजय कपूरले पनि तेश्रो बिहेका लागि तयारी गरिरहेको बताइएको छ । उनले आफ्नी गलफ्रेन्ड प्रिंया सचदेवसँग विहे गर्न लागेको भारतीय संचारमाध्यमले लेखेका छन । १९९१ मा फिल्म क्षेत्रमा कदम राखेकी करिश्माको पहिलो फिल्म ‘प्रेमकैदी’ रहेको थियो ।

वि.सं.२०७४ वैशाख ८ शुक्रवार ११:३२ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...