back

संदीप तोशनीवालसँग विहे गर्दै करिश्मा कपुर

वि.सं.२०७४ वैशाख ८ शुक्रवार

681 

shares

karishima2
भारतीय अभिनेत्री करिश्मा कपुरले दोश्रो विहे गर्ने चर्चा चलेको छ । उनले व्वाइफ्रेन्ड संदीप तोशनीवाल सँग दोश्रो बिहे गर्न लागेको समाचार आएको छ ।
एक वर्ष अघि १३ वर्षको लामो सम्बन्धलाई तोडेर विजनेस म्यान तथा अभिनेता पति संजय कपुरसँग सम्बन्ध बिच्छेद गरेकी अभिनेत्री करिश्माले तोशनीवालसँग विहे गर्न लागेको बताइएको छ । तर उनका बुवा रणधीर कपुरले भने यसलाई अस्वीकार गरेका छन् ।
उनीले भनेका छन्, ‘मलाई अहिल्यै करिश्माले बिहे गर्छिन जस्तो लाग्दैन, करिश्माले बिहे नै गर्ने सोँचेकी छन भने हाम्रो शुभकामना छ । परिवारले सहयोग गर्नेछ ।’
उनले भने ‘लोलो अहिले राम्रैसँग सेटल भइसकेकी छन्, उनी धेरै खुसी छन । करिश्माले बिहे गर्छु भनेको सुनेको छैन, उनले बिहेगर्ने योजना बनाएकी छन भने हाम्रो पूर्ण समर्थन र सहयोग हुनेछ ।’
२०१० मा दुई छोरासँगै श्रीमानको घर छोडेर आएकी करिश्माले २०१६ जुनमा श्रीमानसँग सम्ब्न्ध विच्छेद गरेकी थिईन् । उनको १२ र ७ वर्षीय कियान र राज कपुर नामका दुइ छोरा छन् ।

उता करिश्माका पूर्वपति संजय कपूरले पनि तेश्रो बिहेका लागि तयारी गरिरहेको बताइएको छ । उनले आफ्नी गलफ्रेन्ड प्रिंया सचदेवसँग विहे गर्न लागेको भारतीय संचारमाध्यमले लेखेका छन । १९९१ मा फिल्म क्षेत्रमा कदम राखेकी करिश्माको पहिलो फिल्म ‘प्रेमकैदी’ रहेको थियो ।

वि.सं.२०७४ वैशाख ८ शुक्रवार ११:३२ मा प्रकाशित

Himalayan Life AD
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

काठमाडौँ ।  सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र...

बिराटनगर किंग्सद्वारा गौरव र जोशको गर्जन घन्किने अफिसियल एन्थम भिडियो सार्वजनिक

बिराटनगर किंग्सद्वारा गौरव र जोशको गर्जन घन्किने अफिसियल एन्थम भिडियो सार्वजनिक

काठमाडौं । बिराटनगर किंग्सले टिमको गौरव, साहस र आफ्नो शहरसँगको...

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

काठमाडौँ, २० कात्तिकः अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह

‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह

काठमाडौँ । अभिनेता नीर शाहले आफ्नो लागि चलचित्र ‘परान’ विशेष...