back
CTIZAN AD

अनेसास पर्थ च्याप्टरको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा रिजा प्रधान

वि.सं.२०८० साउन २५ बिहीवार

1.5K 

shares

अष्ट्रेलिया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पर्थ च्याप्टरको चौथो अधिवेशन रिजा प्रधानको नेतृत्वमा नयाँ कार्यसििमति गठन गर्दै सम्पन्न भएको छ ।

अगस्त ६ मा सम्पन्न समाजको चौथो अधिवेशनले प्रधानको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।

अधिवेशनका प्रमुख अतिथि साहित्यकार एलवी क्षेत्रीको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिती द्वारा प्रधानको अध्यक्षतामा १५ सदस्यीय अनेसास पर्थ च्याप्टरको नयाँ कार्यसमितीको घोषणा गरिएको हो ।

प्रधानको नेतृत्वमा निर्विरोध निर्वाचित भएको उक्त कार्यसमितिमा उपाध्यक्षमा राजेन्द्र सापकोटा, महासचिवमा ( गुणाखर सुवेदी (दिपक), सचिवमा मन्जु कोइराला, कोषाध्यक्षमा दिपेश राज रिमाल, तथा सदस्यहरुमा सदस्यहरु म सन्तोष लम्साल, राधा दाहाल,कमल सिलवाल, आशिष भट्टराई, डिल्ली पराजुली, लक्ष पौडेल, दिप राज मिश्र, सपना अर्याल पान्डे, समनता सौजन र तुलसी बिक्रम थापा रहेका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रधानले आफ्नो काँधमा नयाँ र गहन जिम्मेवारी आएको बताउँदै नेपाली भाषा र साहित्यको वृहत्तर विकासका लागिपर्ने प्रतिबद्धता जनाइन् ।

तीन चरणमा गरेर सम्पन्न गरिएको उक्त कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार क्षेत्रीको एकल कविता बाचन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीले संस्थालाई नेपाली भाषा साहित्यको प्रवर्द्धन र संरक्षणका निमित्त कृयाशिल बनाएर लैजानु पर्ने जिम्मेवारी आएको बताउदै नवनियुक्त अध्यक्ष प्रधानलाई हौसला प्रदान गरेका थिए ।

अनेसास केन्द्र पाचौं अधिवेशन भब्य रुपमा सम्पन गरेको पर्थ च्याप्टरले अझ धेरै साहित्यिक कार्यक्रमहरु गरेर प्रवासमा नेपाली साहित्यलाई नयाँ पुस्तामा जिवन्त राख्नु पर्ने दायित्य निर्वाह गर्न प्रेरित गर्दै आफ्नो साथ संस्थालाई सदैब रहेको बताए ।

साहित्यकार क्षेत्री त्रिभुवन विश्वविद्यालय पूर्वप्राध्यापक, अनेसासका पूर्व केन्द्रिय सल्लाहकार एवं कविडाँडा साहित्य समाजका अध्यक्ष हुन् ।
कार्यक्रमको पहिलो अशं एकल कविता बाचनमा साहित्यकार क्षेत्रीले आफ्ना केही सुन्दर कविताहरु ‘भिडमा हराएको मान्छे, ब्रतभङग, इन्द्रमायाको देशमा, द कोरिडोर, द सेन्स लगायतका सुन्दर कविताहरु सुनाएर उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए ।

कार्यक्रममा अन्य अतिथिहरुमा निवर्तमान अध्यक्षहरु–निरज क्षेत्री÷गणेश घिमिरे, एनआरएनए अष्ट्रेलिया आईसिसि प्रतिनिधि, दिपक शर्मा, एनआरएनए पश्चिम अष्ट्रेलियाका संयोजक शेखर घिमिरे, नाबा अध्यक्ष चुरामणी लामिछाने, नेपाली सामुदायिक मंदिर भवन निर्माण समितिका अध्यक्ष विनोद दाहाल, नावा पूर्वअध्यक्ष आङ दावा शेर्पा, नावा निवर्तमान अध्यक्ष बाशुदेव रेग्मी लगायत एनआरएनए पश्चिम अस्ट्रेलिया निवर्तमान संयोजक दिपक बस्नेत, महिला संयोजक मीन सुब्बा गुरुङ, निवर्तमान महिला संयोजक रत्ना गौतम, युवासंयोजक मनिष सिग्देल, फोटोग्राफर बिनायक अर्याल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि एवं बिशिस्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

आशिष भट्टराई र रिजा प्रधानको संचालन रहेको उक्त कार्यक्रमका सभापति निवर्तमान अध्यक्ष हरि अधिकारी र प्रमुख अतिथी क्षेत्रीद्वारा दीप प्रज्ज्वलन एवं महाकवी लक्ष्मी प्रसाद देवकोटाको तस्बिरमा फुलमाला लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमको दोस्रो खण्डमा सर्जकहरु आङ्ग दावा शेर्पा, दिपेश रिमाल, शिव बजगाई (गित), दिपक सुवेदी, चुरामणी लामिछाने, राधा दाहाल, मन्जु कोइराला, सन्तोष लम्साल, कमल सिलवाल ज्युले रचना बाचन गरेका थिए ।

कार्यक्रमको तेस्रो खण्डमा अनेसास च्याप्टर अध्यक्ष हरि अधिकारीबाट प्रतिबेदन प्रस्तुत गर्दै आफ्नो कार्यकाल समाप्तिको घोषणा गरेका थिए ।

 

वि.सं.२०८० साउन २५ बिहीवार १३:३९ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...