back
CTIZAN AD

कारागारभित्र मृत्युप्रकरण : सत्यतथ्य बाहिर नआउञ्जेल शव नउठाउने

वि.सं.२०८० साउन २५ बिहीवार

1.2K 

shares

खाँदबारी । सङ्खुवासभा जिल्ला कारागारमा दुई कैदीको बुधबार बिहान मृत्यु भएपछि आफन्तले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । कारागारभित्र भएको हत्यासम्बन्धी घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै उनीहरूले उक्त घटना शंकास्पद भएको र प्रहरीको पनि मिलोमतो भएको आशङ्का गरेका छन् ।

सुरक्षा घेराभित्र रहेको व्यक्तिको कुटपिटबाट हत्या हुँदा प्रहरी प्रशासन मौन बसेको आरोप लगाउँदै मृतककी दिदी भीमा रम्तेलले सत्यतथ्य बाहिर नआउञ्जेल शव नउठाउने बताईन् । प्रहरीले सिसीटिभी क्यामेरा फुटेज अझै बाहिर नल्याएकोमा उनले शङ्का व्यक्त गरिन् ।

प्रहरीले भने जिल्ला कारागारमा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको बताउँदै आएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रहरी र कारागार प्रशासनका कर्मचारी संलग्न रहेछन् भने अनुसन्धान गरेर कारबाही गरिने र छानबिन समितिले पनि १० दिनभित्र यथार्थ बाहिर ल्याइने उनले बताए ।
हत्याको घटनापछि प्रहरीले नौ कैदीबन्दीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन । यो कारागार २५ जना अटाउनेक्षमताको भए पनि विभिन्न मुद्दाका एक सय ३६ कैदीबन्दी राखिएको छ ।

मृत्यु भएका नुवाकोट ककनी ७ का आकाश बलामी चोरी मुद्दामा सजाय भोगिरहेका थिए । अर्का मृतक जबर्जस्ती करणीमा मुद्दा खेपिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का विनोद तोलाङ्गी थिए । कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरुलाई प्रहरी र कारागार प्रशासनले बुधबार बिहान एक बजे नियन्त्रणमा लिइएको र नियन्त्रण लगतै भएको कुटपीटपछि ती दुईको मृत्यु भएको प्रहरीको जिकिर छ ।

सम्बन्धित समाचार

प्रहरीको कुटाइबाट मृत्यु भएको आरोप लगाउँदै परिवारले शव बुझ्न मानेनन्

 

वि.सं.२०८० साउन २५ बिहीवार १३:४७ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...