back
CTIZAN AD

झापामा खोलामा डुबेर दुई बालबालिकाका मृत्यु

वि.सं.२०८० साउन २५ बिहीवार

981 

shares

सुरुङ्गा (झापा) । झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा रहेको सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालका अनुसार विजय भुजेलकी चार वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीका तीन वर्षीय छोरा कुमार जोगीको आज डुबेर मृत्यु भएको हो ।

घर नजिकै रहेको बेघेखोलामा उनीहरु डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गर्दै अस्पताल पुर्याइएको थियो । उनीहरूमध्ये एक जनाको अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको र एक जनाको बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए । रासस

वि.सं.२०८० साउन २५ बिहीवार १९:४२ मा प्रकाशित

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...