back
CTIZAN AD

एक वर्षमा ६ हजार ९९३ जनाले आत्महत्या गरे, आत्महत्या गर्नेमा पुरुषको संख्या बढी

वि.सं.२०८० साउन २६ शुक्रवार

888 

shares

काठमाडौं । । गत आर्थिक वर्ष २०७९\०८० मा झण्डै सात हजारले आत्महत्या गरेका छन् ।

नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा विष सेवन, आगो लगाएर, झुण्डिएर, हाम फालेर, विभिन्न हातहतियार प्रयोग तथा डुबेर ६ हजार ९९३ जनाले आत्महत्या गरेका छन् ।

प्रहरीले जारी गरेको तथ्यांक अनुसार गत आवमा आत्महत्या गरेका ६ हजार ९९३ जनामा ९३१ जनाले विष सेवन, ६ जनाले आगो लगाएर, ५ हजार ९४० जनाले झुण्डिएर, ४९ जनाले हाम फालेर, औजार तथा हातहतियारको प्रयोग गरेर १५ जना र डुबेर ३३ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार सबैभन्दा बढी ५ हजार ९४० जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।

त्यसैगरी तथ्यांक अनुसार सबैभन्दा बढी विभिन्न घटना घटाई आत्महत्या गर्नेमा पुरुष रहेका छन् । गत आवमा ३ हजार ९४२ जना पुरुषले आत्महत्या गरेका छन् । जसमा आत्महत्या गर्ने महिलाको संख्या २ हजार २५६ रहेको छ भने २६६ जना बालक र ५२९ जना बालिकाले विभिन्न घटना घटाई आमहत्या गरेको घटनाको मुद्दा दर्ता भएका छन् ।

प्रहरीका अनुसार २०७८/७९ मा ६ हजार ८३० जनाले आत्महत्या गरेका थिए । तथ्यांक अनुसार २०७८÷०७९ को तुलनामा गत आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ ।

वि.सं.२०८० साउन २६ शुक्रवार १७:२१ मा प्रकाशित

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार...