काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक इएमभी स्टार्डडमा आधारित टोकनाइज प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ्ग एप्लिकेसनमा अफलाइन ‘ट्याप एण्ड पे’ सेवा सुरु गरेको छ । टोकनाइजेशनलाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ । जसमा ग्राहकहरुको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहने बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकले उक्त सेवा सुरु गरेसंगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट पोसमार्फत कारोबार गर्दा बैंकको मोबाईल बैंकिङ्ग एप्लिकेसन प्रयोग गरी आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । हाललाई यो सेवा सपोर्ट गर्ने मोबाईलबाट प्रयोग गर्न सकिनेछ र सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।
बैंकले साझेदारी र सहकार्यलाई आत्मसात गर्दै एफवान सफ्ट इन्टरनेशनल प्रा.लि., नेपाल क्लीयरिङ हाउस, सिटि टिच प्रा.लि.सँगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरेको हो । बैंकले टोकनाइजेशनलाई बिस्तारै अन्य प्रोडक्ट तथा शर्भिसहरुमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ ।
बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै अगाडी बढीरहेको माछापुच्छ्रे बैंकले विशेष गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अनुसन्धान र खोजलाई प्राथमिकतामा राख्दै नविनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ संचालन गर्दै आएको विदितै छ ।
यसैक्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले ‘ट्याप एण्ड पे’ सेवा यस बैंकले संचालनमा ल्याएको हो ।
वि.सं.२०८० साउन २६ शुक्रवार १६:५३ मा प्रकाशित





























