back
CTIZAN AD

सडक भासिँदा यातायात सञ्चालनमा समस्या

वि.सं.२०८० साउन २८ आइतवार

1.6K 

shares

भोजपुर । वर्षात्का कारण पहिराले सडक भासिँदा तिवारीभञ्याङ-मानेडाँडा-अधेँरीघाट सडक अवरुद्ध बनेको छ । मध्यपहाडी लोकमार्गको भोजपुर-लेगुवा सडकखण्डअन्तर्गत तिवारीभञ्याङबाट अधेँरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका कारण यातायात सञ्चालनमा समस्या भएको हो ।

मध्यपहाडी लोकमार्गसहित अधेँरीघाटतर्फ छुट्ने स्थानमा करिब दुई सय मिटर सडक भासिएको पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । प्रवेशद्धारमै सडक भासिँदा गाउँपालिकावासीको दैनिकी कष्टकर बनेको उनको भनाइ छ । पहिराका कारण सडक भासिँदा रु दुई करोड बढीको क्षति भएको उनले जानकारी दिए ।

“सडक भासिँदा यातायात सञ्चालनमा समस्या भएको छ”, उनले भने, “अधेँरीघाट प्रवेश गर्ने मुख्य स्थानमा करिब दुई सय मिटर सडक भासिएको छ । सडक भासिँदा यातयात सञ्चालनमा समस्यासँगै स्थानीयमा जोमिख बढेको अवस्था छ । पहिराले यहाँ रु दुई करोड बढीको क्षति भएको देखिन्छ ।”

सरोकारवाला पक्षको उपस्थितिमा यहाँको स्थलगत अनुगमन गरेर क्षतिको विवरण सम्बन्धित निकाय पठाउने काम गरिएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए । तिवारीभञ्याङ-मानेडाँडा-अधेँरीघाट सडकमा क्षति भएको विषयमा कार्यकापालिका बैठक बसेर पुनःनिर्माणका लागि संघीय र प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय गरिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । गाउँपालिका केन्द्र हुँदै अधेँरीघाट जोड्ने मुख्य सडक अवरोध भएकाले संघीय सरकारको पनि यसमा ध्यान जानुपर्ने अध्यक्ष राईको भनाइ छ ।

“क्षतिका विषयमा संघीय सरकारलाई जानकारी गराएका छौँ”, उनले भने, “यहाँको क्षतिलाई स्थानीय सरकारको बजेटले गर्न सक्ने अवस्था छैन । पहिराका कारण सडक अवरोधले स्थानीयको दैनिकी कष्टकर बन्दै गएको अवस्था छ । यसमा राज्यले ध्यान दिन आवश्यक छ ।”

सडक अवरोध हुँदा पौवादुङमा गाउँपालिकाका छमध्ये पाँच वडामा यातायात सञ्चालनमा समस्या भएको उनको भनाइ छ । सडकका कारण यहाँका वडा नं २ तिवारीभञ्याङ, वडा नं ३ च्याङ्ग्रे, वडा नं ४ बास्तिम, वडा नं ५ सानोदुम्मा र वडा नं ६ ठूलोदुम्माका नागरिक प्रत्यक्ष समस्यामा परेको अध्यक्ष राईले जानकारी दिए ।

“सडक अवरोध हुँदा गाउँपालिकाका अधिकांश क्षेत्रमा यातायात सेवामा समस्या भएको छ”, अध्यक्ष राईले भने, “पहिरो जाने क्रम जारी छ । यसले अझ बढी क्षति गर्ने अवस्था छ । यो सडकका लागि हालसम्म केन्द्र र प्रदेश सरकारबाट पनि कुनै सहयोग आएको अवस्था छैन ।”

सडक भासिएको स्थानको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्थलगत अनुगमन गरेका छन् । यातायात सञ्चालनमा समस्या रहेकाले भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयमा सडक चाँडो मर्मत गर्नका लागि जानकारीसमेत गराएका छन् ।

सडक भासिएको ठाउँको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेसहितको टोलीले पनि स्थलगत अनुगमन गरेको छ । उक्त ठाउँमा थप क्षति हुनबाट बचाउनका लागि सडक डिभिजन कार्यालय तुम्लिङटार र पूर्वाधार विकास कार्यालय भोजपुरलाई आवश्यक पहल गर्न पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ । तिवारीभञ्याङ-मानेडाँडा-अधेँरीबाट पञ्चकन्या कृषि सडकको दूरी करिब ३५ किलोमिटर रहेको छ ।
रासस/फाइल फोटो

वि.सं.२०८० साउन २८ आइतवार ०७:४० मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...