back
CTIZAN AD

६० वर्षीय सुवेदी ड्रागन खेतीमा रमाउँदै, पाँच लाखभन्दा बढी बचत गर्छन्

वि.सं.२०८० साउन २९ सोमवार

603 

shares

चितवन । ड्रागन फ्रुट्स (सिउँडी फल) यहाँको बजारमा नयाँ फलका रुपमा लोकप्रिय छ । पछिल्लो समय धेरै किसानले रुचाएको यो नयाँ फल फलाउन यहाँका ६० वर्षीय शम्भु सुवेदी निकै मेहनतका साथ लागेका छन् । आफ्नो जीवनको अधिकांश समय नेपाली राजनीतिमा बिताएका सुवेदीको अहिलेको दिनचर्या ड्रागन फ्रुट्स खेतीमा बित्ने गरेको छ ।

बिरुवा उत्पादनदेखि बिक्रीसम्म उनी जुट्दै आएका छन् । रोजगारीको सिलसिलामा युवा विदेश पलायन हुँदै गर्दा उनले व्यावसायिक कृषि गरेर यहीँ सम्भव छ भन्ने देखाउनु भएको छ । भरतपुर महानगरपालिका –७ निवासी सुवेदीले विगत तीन वर्षदेखि दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक रुपमा ड्रागन खेती गद आएका छन् । यो खेतीसँगै उनले सोही जमिनमा तरकारी, मकै लगायतको खेती गर्दै आएका छन् । सुवेदीले चितवन एकेडेमी फर टेक्निकल कलेजको भरतपुर–७ प्रेमबस्तीमा रहेको जग्गा वार्षिक प्रतिकठ्ठा रु दुई हजार पाँच सयमा भाडामा लिएर खेती गर्दै आएका छन् ।

उनले अहिले सो जमिनमा सूर्यमुखी फूल, तरकारी र ड्रागनखेती गरेर वार्षिक रु पाँच लाखदेखि सात लाखसम्म बचत गर्दै आएका छन् । आफु रोजगारीको सिलसिलामा काठमाडौँ बस्दा ड्रागन खाएको र सानैदेखि यसको खेती गर्ने सोच भएकाले अहिले त्यसलाई पूरा गर्न आफु लागेको उनले बताए । उनले मलेसियाबाट नेपाल ल्याएर हुर्काएका एक हजार, भियतनामका दुई हजार र भारतको राजस्थानका दुई हजार गरी पाँच हजार बिरुवाबाट खेती गरेका हुन् । सुरुमा उनले मेसियाबाट ल्याइएका बिरुवाबाट खेती थालेका हुन् ।

उनले क्रमशः अन्यत्रबाट बिरुवा ल्याएका हुन् । उनले भने “सुरुमा मैले मलेसियाबाट ल्याएको ड्रागनको बिरुवाबाट यो खेती सुरुवात गरेको हुँ ।” सुवेदीले तिनै बिरुवा उत्पादन गरेको एक सय किलो ड्रागन फुट्स गतवर्ष दुबई पठाए । उनले भने “अहिले पनि कतारमा कुरा भइरहेको छ ।” यसको माग विदेशमा समेत बढ्दो मात्रामा रहेको उनकोे भनाइ छ । विदेशमा राम्रो माग रहेको जनाउँदै उनले उत्पादन गर्न सके बजारको अभाव नहुने बताए ।

सुवेदीको बारीमा अहिले छ प्रकारका ड्रागनका बिरुवा छन् । त्यसमध्ये सेतो र तीन थरी रातो रङ्गको ड्रागनको उत्पादन भइरहेको उनले बताए । अहिले उनकोे बारीमा भियतानाम र अमेरिकाबाट ल्याइएका बिरुवा उत्पादन दिने तयारीमा छन् । उनले भने, “गतवर्ष मैले रु १० लाखको ड्रागन बेचेको हो, अहिले पनि रु तीन लाखको फल बिक्री गरिसकेको छु ।”

बिरुवा बेच्न सके नाफा बढ्ने उनकोे भनाइ छ । गतवर्ष रु तीन लाख बराबरका बिरुवा बिक्री गरेको सुवेदीले बताए । सुरुवातमा लगानी धेरै लागे पनि अन्य वर्षमा खासै लगानी नहुने उनले जानकारी दिए । बिरुवा रोपेपछि हरेक वर्ष मजदुर, मल र जग्गा भाडामा मात्रै खर्च हुने उनकोे भनाइ छ ।

विदेशमा यस फलबाट वाइन, साबुन, स्याम्पु, टुथपेष्ट, फेस क्रिम जस्ता मानव जीवनमा आवश्यक प्रसोधित सामग्रीको उत्पादन हुने गरेको सुवेदीले जानकारी दिए । उनले यस खेतीमा एक पटकमा लगानी गरे पछि २५ वर्षसम्म उत्पादन लिन सकिने बताए । उनकोे तीन वर्षको अनुभवले आफ्नो जमिन हुनेले थोरै ठाउँमा धेरै आम्दानी गर्न सक्छन् । उनले भने “आफ्नो बारी बाझै छाडेर विदेश जानुपर्दैन ।” बिरुवा लगाएको पाँच÷छ महिनाबाट उत्पादन लिन सकिने उनकोे भनाइ छ ।

वर्षमा १५ देखि २० पटकसम्म एउटै बोटबाट उत्पादन लिन सकिने यो फल विशेष गरी जेठदेखि कात्तिकसम्म उत्पादन हुने गर्दछ । जिल्लामा ५० देखि ६० बिघा क्षेत्रफलमा यो खेती गरिएको अनुमान छ । यहाँको उत्पादन स्थानीय बजार, काठमाडौँ, पोखरा लगायतका सहरमा पुग्ने गरेको छ । कतिपय उत्पादन विदेशसमेत जाने गरेको छ । सुवेदी नेकपा (एमाले)को प्रदेश समिति सदस्य छन् । विदेशमा रु ३०÷४० हजार कमाउन जानुभन्दा यही व्यावसायिक कृषि कर्म गर्नु उत्तम हुने उनकोे सुझाव छ ।

 

वि.सं.२०८० साउन २९ सोमवार १५:०९ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...