back
CTIZAN AD

भेरी नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

वि.सं.२०८० साउन २९ सोमवार

1.1K 

shares

जाजरकोट । भेरी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

रत्न राजमार्गको भेरी पुलमा रहेको बाढी मापकका अनुसार नदीमा बहाव बढ्दो क्रममा रहेकाले आवश्यक सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको हो । अहिले भेरी नदीमा पानीको बहाव सात दशमलव ६९ मिटर पुगेपछि महाशाखाले अनुरोध गरेको छ । भेरी नदीमा सात मिटर पानी आएमा चेतावनी र आठ मिटर पुगे खतरा मानिन्छ ।

अझै पानीको बहाव बढिरहेकाले भेरी पुलदेखि तल्लो तटिय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ । भेरी नदीको तल्लो तटिय क्षेत्रमा रानीघाट, पाग्म, चेपाङ, तिखाकुना लगायतका बस्ती रहेका छन् । स्थानीय प्रशासनले पालिकाको समन्वयमा ती क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भेरी करिडोरभित्र बग्ने भेरी नदीको पानीको बहाव पनि बढेको छ । सबै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको प्रजिअ सुनारले बताए ।

 

वि.सं.२०८० साउन २९ सोमवार १४:५० मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...