back
CTIZAN AD

म्यान्मारमा खानी पहिरोमा परेर २५ जना बेपत्ता

वि.सं.२०८० साउन २९ सोमवार

1.6K 

shares

याङ्गुन । म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड (बहुमुल्य पत्थर) खानीमा गएको पहिरोमा परी कम्तीमा २५ जना बेपत्ता भएको उद्धारकर्मीले सोमबार बताएका छन् ।

सन् २०२० मा सयौं खनिकहरू पहिरोमा फसेका उत्तरी काचिनको हापाकान्त नगर नजिकै आइतबार भएको यो घटना मुसलधारे वर्षा र बाढीले देशको अधिकांश भाग जलमग्न भएको केही दिनपछि भएको हो ।

अत्यधिक आकर्षक जेड खनन उद्योग प्रायः अनियमित छ, जसका लागि आप्रवासी कामदारहरूले खतरनाक अवस्था र अक्सर घातक दुर्घटनाहरू सहन्छन् ।

नाम नबताउने शर्तमा एक उद्धारकर्मीले एएफपीसँग भने, “करीब २५ व्यक्ति वेपत्ता भएको पुष्टि भएको छ । यहाँ पुग्न निकै कठिन छ त्यसैले हामीलाई विस्तृत सूची प्राप्त भएको छैन ।”

उनले १५०–१८० मिटर (५००–६०० फिट) अग्लो माटोको विशाल थुप्रो तीव्र वर्षाले गलेको र भत्किएको बताए ।

खोजी र उद्धार कार्य जारी रहेको तर जेड भेट्टाउने आशामा केही कामदार आफ्नो शरिरको जोखिम मोलेर पनि घटनास्थलमा फर्किसकेका उनले बताए ।
उनले भने, “अहिलेसम्म कुनै पनि शव फेला परेको छैन ।” (रासस÷सिन्ह्वा)

अर्का एक उद्धारकर्मीले एएफपीसँग कुरा गर्दै दोस्रो पटक पहिरो खस्ने डरका बाबजुद पनि उद्धारको प्रयास जारी रहेको पुष्टि गरेका छन् ।

आपतकालीन समूह ‘म्यान्मार रेस्क्यु’मा रहेका ती व्यक्तिले नाम नबताउने शर्तमा भने, “उद्धारकर्मीका लागि वेपत्ताको खोजी गर्नु सुरक्षित छैन ।”

वर्षायाममा खानी सञ्चालन बन्द गरिएको भए पनि पहिरोमा फसेका स्थानीयले सहजै धनी बन्ने लालसामा खानीभित्र गएको वेला दुर्घटना भएको हुनसक्ने उनले बताए ।

छिमेकी मुलुक चीनमा अत्यधिक लोभलाग्दो रत्न कोर्न कम तलब पाउने आप्रवासी कामदारको प्रयोग गर्ने कमजोर नियमन गरिएको तर आकर्षक जेड उद्योगमा काम गर्दा वर्षेनी दर्जनौँको मृत्यु हुने गरेको छ ।

वि.सं.२०८० साउन २९ सोमवार १६:४५ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...