काठमाडौं । विदेशी मुद्रा सञ्चितमा उल्लेख्य सुधार आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार असार मसान्तसम्म विदेशी सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ ।
जुन २०७९ असार मसान्तभन्दा २६.६ प्रतिशतले बढी हो । २०७९ असार मसान्तमा विदेशी मुद्रा सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड बराबर थियो ।
कुल विदेशी मुद्रा सञ्चितिमध्ये २२.५० प्रतिशत हिस्सा भारतीय मुद्रा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले जनाएअनुसार अहिले भएको सञ्चितिले १० महिनासम्मको आयातलाई धान्न सक्नेछ ।
प्रतिवेदनअनुसार पछिल्लो पाँच वर्षयताकै यो सञ्चिति उच्च हो ।
वि.सं.२०८० भदौ १ शुक्रवार १४:३१ मा प्रकाशित






























