back
CTIZAN AD

फक्ताङलुङको माथिल्लो क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा

वि.सं.२०८० भदौ ३ आइतवार

1.6K 

shares

फुङ्लिङ । दुर्गम क्षेत्रमा मोबाइल र फोरजीमार्फत इन्टरनेट सञ्चालन भएसँगै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा सञ्चार पहुँच पुगेको छ । फक्ताङलुङ -६ लोवाडाँडामा नेपाल टेलिकमको फोरजी टावरमार्फत सेवा सञ्चालन भएपछि फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चारको क्षेत्रमा अर्को फड्को मारेको हो ।

फोरजी सेवा सञ्चालनमा आएसँगै लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोङ्मा, अम्जीलेसा र तापेथोकको हेल्लोक, यासाङ, सोत्लिमा, तापेथोक र इखाबुको केही क्षेत्रमा सुविधा पुगेको छ । फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूका अनुसार यस सेवामार्फत फक्ताङलुुङ गाउँपालिकाका करिब तीन हजार जनसङ्ख्या प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।

यसबाट स्थानीय समुदायमात्रै नभएर कञ्चनजङ्घा क्षेत्रमा आउने हजारौँ पर्यटकलाई पनि सेवा पुग्ने र विभिन्न सरकारी तथा गैरसरकारी निकायले दिने सेवामा पनि इन्टरनेट उपयोग गरी सहजता हुने फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूको सचिवालयमार्फत जानकारी गराएका छन् ।

भौगोलिक हिसाबले नेपालकै तेस्रो ठूलो गाउँपालिकाका रूपमा रहेको फक्ताङलुङका भौगोलिकरूपमा दुर्गम भएको र मानवबस्ती र जनसङ्ख्याको पहुँचका कारण सञ्चार क्षेत्र विस्तार गर्दा खासै फाइदा नहुने भएकाले विगतदेखि नै सञ्चार क्षेत्रका लगानीकर्ता यस क्षेत्रमा मोबाइल नेटवर्क विस्तार गर्न आनाकानी गर्दै आएका थिए । विसं २०७४ मा फक्ताङलुङको लेलेपस्थित मुरिङ्लाडाँडामा नेपाल टेलिकमको टुजी सेवा विस्तार भएपछि मात्र यस क्षेत्रमा मोबाइल सेवा विस्तार भएको थियो । तर त्यस सेवा प्रभावकारी नभएको गुनासो बारम्बार आएको थियो ।

फक्ताङलुङको तल्लो भेग वडा नं १, २, ३, ४ का सावादिन, खेजेनिम, लिङ्खिम र इखाबुका अधिकांश भेगमा विगतदेखि नै टेलिकम र एनसेलको फोरजीसहितको सेवा विस्तार भइसकेका छन् । उता बाँकी वडा नं ५, ६ र ७ का क्रमशः तापेथोक, लेलेप र ओलाङ्चुङगोला क्षेत्र सञ्चारबाट पछाडि पर्दै आएको थियो । फक्ताङलुङ-६ को घुन्सामा र ओलाङ्चुङगोला बस्ती आसपासलाई लक्षित गरी नेपाल टेलिकमको टुजी सेवा विस्तार भएको थियो ।

सामग्री ढुवानीदेखि लिएर यसको जडानका लागि सम्बन्धित निकायमा पहलकदमी गरेर मात्रै यो सम्भव भएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष लिम्बूले बताए । आफू स्वयं सेकाथुमबाट लोवाडाँडासम्म सामान ढुवानी गर्नका लागि खटिएको उनले जानकारी दिए ।

अध्यक्ष लिम्बूका अनुसार अब सोही पालिकाको वडा नं ७ हिलेखर्कमा ओलाङ्चुङगोलाको लागि फोरजी टावर राख्नका लागि सर्भेको काम सकिएको छ । उनले घुन्सातर्फ पनि टावर राख्नका लागि पहिलो चरणको सर्भे सकिएको बताए । उनका अनुसार सो स्थानबाट पनि अबको एक वर्षमा फोरजी सेवा सञ्चालनमा ल्याइने छ ।

यस क्षेत्रका बासिन्दाले इन्टरनेटको सेवा उपयोग गर्न पाएका थिएनन् । आजको समय इन्टरनेटको समय हो । विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न र खबर आदान-प्रदान गर्न पनि इन्टरनेट अनिवार्यजस्तै भएको छ ।

इन्टरनेट सेवाबाट यस क्षेत्रका बासिन्दा बञ्चित हुँदै आएकामा अहिले फक्ताङलुङ-६, लुङथुङका मिङ्मा शेर्पाले विदेशमा रहेको छोरीसँग परिवारै बसेर भिडियो कलमा बोल्न पाउँदा मनै प्रफुल्ल भएको बताए । अहिले फोरजी सेवाले यहाँका बासिन्दालाई विश्वसँग जोडिदिएको छ । यस क्षेत्रका लागि यो सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ फड्कोका रूपमा लिन सकिन्छ ।
रासस/फाइल फोटो

वि.सं.२०८० भदौ ३ आइतवार ११:५३ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...