back

प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरुको बैठक आव्हान

वि.सं.२०८० भदौ ३ आइतवार

42 

shares

काठमाडौँ । सङ्घीय संसद्मा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुको बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज दिउँसो १२ः३० बजे बोलाइएको बैठकमा मुलुकमा देखापरेको पछिल्ला समस्याका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । गत साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले अवरोध हुँदै आएको छ । सोही कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन ।

प्रधानमन्त्रीले आह्वान गरेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई आमन्त्रण गरिएको छ । संसद्को अवरोध खुलाउन प्रधानमन्त्रीले पहल गर्दै आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा छलेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामङ्गलमा बरामद गरेको थियो । सोही विषयमा उच्च्स्तरीय छानविन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ । सरकार र सत्तागठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानविन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानविन गर्ने बताउँदै आएका छन् ।

 

वि.सं.२०८० भदौ ३ आइतवार १२:३२ मा प्रकाशित

मुग्लिन–पोखरा सडकखण्ड नौ किलोमिटर एकतर्फी कालोपत्र सकियो

मुग्लिन–पोखरा सडकखण्ड नौ किलोमिटर एकतर्फी कालोपत्र सकियो

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर...

एनसेल बिक्री प्रकरण, गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने  अर्थमन्त्री महतको भनाई

एनसेल बिक्री प्रकरण, गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने अर्थमन्त्री महतको भनाई

त्रिवेणी (नवलपरासी) । अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा...

ह्वात्तै घट्यो सुनको मूल्य, बजारमा कति छ त प्रतितोला ?

ह्वात्तै घट्यो सुनको मूल्य, बजारमा कति छ त प्रतितोला ?

काठमाडौँ । मंसिर लागेयता लागातार बढेर दिनकै नयाँ रेकर्डको गरेका...

पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने

पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने

ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन...

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ) । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन...