back
CTIZAN AD

तपाईको आज भदौ ५ गते मंगलवारको राशिफल भन्छ-आज यी ५ राशिकाले दिनुपर्नेछ विशेष ध्यान !

वि.सं.२०८० भदौ ५ मंगलवार

1.2K 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साथीभाइसँग रमाइलो भेट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। नयाँ कामको योजना बन्न सक्छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। भौतिक साधनले काममा सहजता ल्याउनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ। यात्राका क्रममा अतिथिका रूपमा सत्कार पाइनेछ। दिन रमाइलो रहनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले लाभ उठाउने कोसिस गर्नेछन्। मालमत्ता हराउने र फजुल खर्च बढ्ने सम्भावना छ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि उपलब्धि जोगाउन सफल भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। रोकिएको कामले गति लिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। सहयोगी चयन गर्न राम्ररी सोचविचार गर्नुहोला। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। साथीभाइ नजिकिनेछन्। आफन्तजनले पनि उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। व्यवसायमा सोचेको फाइदा नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ। सानातिना काममै अल्झनुपर्दा उद्देश्यबाट विमुख हुनुपर्ने स्थिति आउन सक्छ। नियमित काम भने सम्पादन हुनेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। बोलीको समेत गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यमा पेटको समस्याले सताउन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापटमा गएको रकम भने फिर्ता हुनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। दिगो काम थाल्न समयले साथ दिनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अपिरिचित व्यक्तिले समेत साथ दिनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन्। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरका लागि आफन्त र परिवारबाट टाढिनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। खर्च लागे पनि उपलब्धि हातलागी नहुन सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम गर्नुपर्ने समय छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ। तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ। सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ। मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेत परे पनि कामको जग बसाउने अवसर प्राप्त हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू स्वतः पछि हट्नेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। आम्दानी रोकिनाले केही योजना पनि रोकिन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप पनि बढ्न सक्छ।

२०८० भदौ ५ गते, मंगलवार, (२२ अगस्ट २०२३)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

वि.सं.२०८० भदौ ५ मंगलवार ०६:३४ मा प्रकाशित

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...