back
CTIZAN AD

अन्ततः दलहरुबीच सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउने सहमति

वि.सं.२०८० भदौ ५ मंगलवार

945 

shares

काठमाडौं । राजनीतिक दलबीच सुन तस्करी प्रकरणका विषयमा छानविन गर्नका लागि उच्चस्तरीय समिति बनाउन सहमति भएको छ ।

सोमबार राति सिंहदरबारमा बसेको दलहरुको बैठकले साउन ३ गते त्रिभुवन विमानस्थलबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउने विषयमा सैद्धान्तिक सहमति गरेको हो ।

सोहि सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन भन्दै साउन १० गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएको एमालेले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आव्हान गरेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकमा पनि सोहि अडान राखेपछि अवरुद्ध संसद खुलाउने विषयमा सहमति हुन नसकेपछि सोमबार पुनः बैठक बसेको थियो ।

सोमबार बसेको बैठकले उच्चस्तरीय छानविन समिति बनाउने विषयमा सहमति जुटाउँदै समितिका टिओआर तय गर्नका लागि तीन सदस्यीय कार्यदल बनाउने निर्णय समेत गरेको हो ।

समितिको टिओआर तय गर्नका लागि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका प्रमुख सचेतम रमेश लेखक रहेको तीन सदस्यीय कार्यदल बनाइएको हो ।

उच्चस्तरीय समितिको टिओआर आज बिहान ११ बजेसम्म तय भएपछि दिउँसो २ बजे पुनः शिर्ष नेताहरुको बैठक बस्ने बताइएको छ ।

बैठकमा सहभागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्चस्तरीय समिति गठनका लागि दलहरुबीच सहमति भएको प्रतिक्रिया दिएका छन् भने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकमा दलहरुबीच सकारात्मक छलफल भएको बताएका छन् ।

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले दलहरुबीच उच्चस्तीयर समितीको ड्राफ्ट बनाउने विषयमा तीन नेता रहेको कार्यदल बनाइएको र यसरी सकारात्मक रुपमा काम अगाडि बढ्दै गए अवरुद्ध संसद भदौ १० गतेसम्म सुचारु हुने बताए ।

वि.सं.२०८० भदौ ५ मंगलवार ०७:१२ मा प्रकाशित

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...