९ वैशाख, काठमाडौं । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको उपाधी धनगढी टिम चौराहाले जितेको छ । धनगढीले विराटनगर किंग्सलाई ६२ रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।धनगढीका आरिफ शेखले ३० बलमा ४ चौका र ४ छक्काको मद्धतमा ५४ रन, अमर रौतेलाले १५ बलमा अविजित ३१ रन , पारस खड्काले ३४ बलमा २९ रन बनाए । विराटनगरका सुशील कँडेलले दुई साथै जितेन्द्र मुखिया, सन्दीप लामिछाने र प्रकाश विष्टले एक एक विकेट लिएका थिए । यस्तै १ सय ६० रनको लक्ष्य पछ्याएको विराटनगरले १८ ओभर १ बलमा अल आउट हुदै ९७ रन मात्र बनाउन सक्यो ।
विराटनगरका अमित श्रेष्ठले २७ बलमा २६ रन, अनिल शाहले २१ बलमा १३ रन, दिपेन्द्र सिंह ऐरीले १४ बलमा १३ रन, प्रनित थापामगरले २२ बलमा २७ रन बनाए । धनगढीका सुशन भारीले तीन, आरिफ शेख र सौरभ खनालले दुई दुई साथै रामनरेश गिरी र ललित राजवंशीले एक एक विकेट लिए ।
। जितसँगै धनगढीले १५ लाख साथै उपविजेता विराटनगरले साढे ७ लाख रुपैयाँ पुरस्कार पाएको छ ।
वि.सं.२०७४ वैशाख ९ शनिवार ११:२६ मा प्रकाशित



























