back
CTIZAN AD

‘म’

वि.सं.२०७४ वैशाख ९ शनिवार

954 

shares

subas

‘म’

आमाको प्यारो छोरो म
काले नै भए पनि बुबाको
लागि त गोरो म
राम्रो पढ्ला पैसा कमाउला
अनि दुख भगाउला
आमाको आश म
जागिर खाला समाजमा नाम होला
अनि बुढेसकालको लाठी बन्ला
बुबाको सपना म

साथीको प्यारो मुसा म
हल्का दात अगाडी उठेको
प्याच्च बोल्ने सबलाई हसाउने
तर पढनदास र भबिस्यको
ईन्जिनियर म
म प्रियशी को सपनाको राजकुमार
भबिस्यमा संगै बाच्ने आधार
उन्को प्रतेक पाइलाको हौसला
उन्को आस्था र उन्को सानो सन्सार
म,
तर म, छुट्टै म
आमाको आशलाई चुरोटको
धुवामा उडाउने
बुबाको सपना रक्सीको
मातमा डुबाउने
साथिको साथ व्यर्थ सम्झिने
अनि प्रियशी एकरातको लागि
स्वार्थ सम्झिने
आमाको आशलाईलाइ मार्दै
बुबाको सपना बिगार्दै
साथिको सुझावलाई नकार्दै
अनि प्रियशीलाई हकार्दै
लम्किरहे म
कुलतमा नराम्रो संगतमा
क्षेणिक रमाइलोमा रम्दै
भबिस्य आफ्नो नसोची
गलतलाई नै सहि सम्झिदै
लम्कीरहे म, कुलतमा
नराम्रो सङतमा
फर्कि हेरे जिन्दगी
म त धेरै पछाडी धकेलिसकेछु
क्षेणिक रमाइलो भन्दा भन्दै एक्लिसकेछु
जस्ले सुख दिए आफ्नो खुशी
लुटाएर
उस्लाइ नै ढाटेछु
धुवा र नशामा यो अमुल्य
जीवन साटेछु
तर,
भन्थे छोरोले चाहे पहाड त फोरिन्छ
अब आफ्नो भाग्य आफै कोरिन्छ
तर समय निकै बलवान् रहेछ
न म अगाडि बढन सक्छु
न पछाडि नै हट्न सक्छु
न त बुबा(आमा लाई सहारा दिन सके
न त प्यारीलाई जुन(तारा दिन सके
दिन सके त केबल चोट दिन सके
अनि यस्तै यस्तै थुप्रै अफ्ट्यारा दिन सके
अहिले म सुन्सान सडकमा
उभिरहेको छु
म जस्तै बन्न खोज्ने थुप्रै म हरुलाइ
कराइरहेको छु
अनि भनिरहेको छु
अर्काको गल्तीबाट सिक
र मेरो गल्तीबाट सिक
आफ्नो गल्तीबाट सिक्ने समय हुन्न
आफ्नो गल्तिबाट सिक्ने मौका हुन्न

वि.सं.२०७४ वैशाख ९ शनिवार १०:५३ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...