back
CTIZAN AD

एनएमबि बैंकद्धारा धुलिखेल अस्पताललाई उपकरण हस्तान्तरण

वि.सं.२०८० भदौ ६ बुधवार

714 

shares

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा बैंकका सन्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतसुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक राम के एम श्रेष्ठ, अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो ।

बैंकले सो कार्यक्रममा अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तन्तरण गरेको जनाएको छ ।

बैंकले प्रदान गरेको उपकरणले स्थानीय समुदायलाई सहयोग पुर्याउनुका साथै बिरामीहरूलाई उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने छ ।

एनएमबि बैंक विगत २७ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘ द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “‘बैंक अफदिइयर एसिया २०२१” उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिका द्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफदिइयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४३ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा
प्रदान गदै आइरहेको जनाएको छ ।

 

 

वि.सं.२०८० भदौ ६ बुधवार १५:१९ मा प्रकाशित

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...