back
CTIZAN AD

झाडी फाँडेर कागती खेती, दैनिक सात हजार भन्दा बढी आम्दानी

वि.सं.२०८० भदौ ६ बुधवार

951 

shares

गण्डकी । दृढ इच्छाशक्तिका साथ लगनशील हुने हो भने पैसा कमाउन विदेशिनुपर्दैन भन्ने उदाहरण यहाँका एक किसानले दिएका छन् । पोखरा महानगरपालिका–३१ स्याङखुदीस्थित खनास्वारामा झाडी फाँडेर गरिएको व्यावसायिक कागती खेतीबाट राम्रो आम्दानी गरेका स्थानीय किसान टुकाराम लामिछाने यतिखेर सबैका लागि प्रेरणाको स्रोत बनेका छन् ।

नेपाल सरकारको जागिर छोडेर पाँच वर्षअघि सुरु गरिएको व्यावसायिक कागती खेतीले आम्दानी दिन थालेको उनले जानकारी दिए । “बेगनास तालको जलाधार क्षेत्रअन्तर्गतको भिरोलो पाखोमा लगाइएका सात सय कागतीका बिरुवाले फल दिन थालेको छ” लामिछानेले भने, “दिनमा ५० केजीसम्म कागती उत्पादन हुने गरेको छ प्रति केजी रु एक ५० मा बिक्री गर्दा रु दैनिक सात हजार पाँच सय आम्दानी हुने गरेको छ ।”बाँदरलगायत वन्यजन्तुले नोक्सान नगर्ने, रोग कम लाग्ने, हेरचाहमा पनि धेरै समय खर्च गर्नुनपर्ने र बजार पनि राम्रो भएका कारण कागती खेतीमा भविष्य देखेको उनको भनाइ थियो ।

धरानको पाख्रीवासबाट प्रतिगोटा दुई सयका दरले विरुवा खरिद गरेर २०७५ साल साउनमा रोपिएका सोना जातका सबै कागतीका बिरुवाले फल दिन थालेका छन् कागती रसिलो भएका कारण बजारको माग पनि राम्रो छ । स्याङ्जास्थित कृषि ज्ञान केन्द्रको सिफारिसमा लगाइएका उन्नत जातको लेमनका दुई सय बिरुवा लटरम्म फलेका छन् लगभग १० क्विन्टल फल उत्पादन भएको छ ठूलो आकारको फल भए पनि बजार भने नपाइएको लामिछानेले गुनासो गरे । कागतीको बोटले फल धान्न नसकेर हाँगा भाँचिन थालेका छन् ।
रोपेको चार वर्षमै फल दिन सुरु गरेको कागतीको एउटै बोटले रु १२ हजार बराबर ८० किलो फल दिएको थियो” उनले भने, “कागतीको फल बिक्रीबाट अघिल्लो वर्ष रु आठ लाख कमाइएको थियो, यसवर्ष रु २० लाखभन्दा बढी आम्दानी हुने विश्वास छ ।” पछिल्लो समय चिया र खानामा कागतीको अत्याधिक प्रयोग हुने हुँदा बजारमा माग अत्याधिक रहेको छ सम्भवत कास्कीमै पहिलो व्यावसायिक कागती खेती सुरु गरेका लामिछानेले भने,“राज्यको तर्पmबाट किसानलाई आवश्यक सहयोग हुने हो भने कागतीलगायत तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ ।”
कागती खेतीभित्र अन्तरबालिका रुपमा तरुल र अकबरे खुर्सानी रोपिएकोे बताउँदै उनले थपे, “पहिलो वर्ष तरुलबाट रु सात लाख र दोस्रो वर्ष अकबरे खुर्सानीबाट रु छ लाख आम्दानी भएको थियो ।” किसान लामिछानेले भने, “माघे सङ्क्रान्तिका अवसरमा प्रदेश सरकारद्वारा ढङ्गेसाँघुमा आयोजित कन्दमूल मेलामा तरुललाई प्रथम पुरस्कमार दिएर आफूले रु १० हजार प्राप्त गर्न सफल भएको र यसबाहेक सरकारीस्तरबाट आजसम्म कुनै पनि सहयोग प्राप्त भएको छैन ।”
समुद्री सतहबाट लगभग नौ सय मिटरको उचाइमा बेगनासतालसँगै रहेको उनकोे बगैँचामा यसैवर्ष स्याउसमेत फलेको छ । परीक्षणका लागि लगाइएको एउटा स्याउको बोटमा आठदेखि १० वटा फल फलेको किसान लामिछानेले जानकारी दिए । व्यावसायिकरुपमा कागती खेतीसहित, टिमुर, एभोकाडो, अमला, ओल, अम्बा, सुन्तला, ज्यामिर, निबुवा, स्याउ, ठूलो बयर, रातो केरालगायत विभिन्न जातका फलफूलका बोटबिरुवा उनले लगाएका छन् ।

उत्पादित फल बिक्री वितरणका लागि बजार जानुपर्ने, व्यापारीले समयमा पैसा नदिने हुँदा बगैँचामा दिने समय बाहिर खर्च हुने हुँदा अप्ठेरो परेको उल्लेख गर्दै उनले भने, कृषि उत्पादन बारीबाटै उठाइदिने व्यवस्था गर्ने हो भने व्यवसायमा किसानको आकर्षण बढ्ने, आयातित वस्तुलाई विस्थापन गर्ने र आत्मनिर्भर हुँदै स्वरोजगार सिर्जनामासमेत योगदान पुग्ने छ । लिप्टिङ प्रविधिबाट बेगनासतालको पानी तानेर बगैँचामा सिँचाइको व्यवस्था गरिएको बताउँदै लामिछानेले दुईसय मिटर पाइप विस्तारसहित रु तीन लाख खर्च भएको बताए ।

प्रत्येक चार–चार मिटरको फरक एवम् एक–एक मिटर गहिराई र चौडाइका खाल्टामा विरुवा रोपेर सुरु गरिएकोे कागती खेतीमा रु ७० लाखभन्दा बढी खर्च भएको उनकोे भनाइ थियो । स्याङखुदीमा सुरु गरिएको खेतीले कास्कीमा सुन्तलाजात हराएको छैन भन्ने प्रमाणीत गरेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । टिपेको दुई हप्तासम्म पनि नबिग्रने, बाँदरले नखाने बढी भएमा अमिलो बनाउन सकिने कागतीखेतीको विस्तारका लागि महानगरले वार्षिक रु आठदेखि १० हजार बिरुवा किसानलाई वितरण गर्दै आएको बताउँदै उनले बाँझो तथा भिरालो पाखोलाई पहँेलो सुनको रुपमा लिन र व्यावसायिक कागती खेतीले पोखरालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

वि.सं.२०८० भदौ ६ बुधवार १५:२७ मा प्रकाशित

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

जनकपुरधाम । बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

कर्णाली । आमनेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन्...