
आफूलाई सम्पूर्ण ठानी आफैँलाई बलिवेदीमा चढाउन पनि तत्पर होस् । राजनीतिक नेतृत्व त्यो होस जसले सर्वकाल आफूलाई जनता समान राख्न कोसिस गरोस्, परिआएका बेला जनतालाई नेतृत्व गर्ने उदाहरणीय कला क्षमता र साहस प्रदर्शन गर्न पनि सकोस् । सादापन र त्याग राजनीतिका विशिष्ट चरित्र हुने गर्छन् ।’
नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का नेता तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले नेतृत्वले आँट गर्दा संकटहरु टार्न सकिने बताएका छन ।
उनले नेतृत्वका आँट सम्बन्धमा धारणा राख्दै भनेका छन्– ‘जीवनशैली पारदर्शी बनाउने र अवैध आम्दानीले ऐयासी गाडी र आलिसान महलको उपभोगभन्दा वैध आम्दानीले डेराको वास र सार्वजनिक यातायातको यात्रासहितको साधा जीवन व्यतीत गर्ने प्रण गर्न जरुरी छ । यति गर्न सकियो भने राजनीतिक नेतृत्व सक्किने हैन, सच्चिने आशा गर्न सकिन्छ । राजनीतिक नेतृत्वले त्यो आँट गर्न सक्दा आजका दिनमा देखिएको राजनीतिक नेतृत्वको सङ्कट टार्न पनि सघाउ पुग्ने विश्वास गर्न सकिन्छ । ’
उनले रुपान्तरणमा जोड दिंदै आजका दिनमा नेपाली राजनीतिक नेतृत्व सच्चिने कि सक्किने भन्ने दोसाँधमा उभिएको बताएका छन् ।
‘आजका दिनमा नेपाली राजनीतिक नेतृत्व सच्चिने कि सक्किने भन्ने दोसाँधमा उभिएको छ । आजसम्म नेपाली समाजमा हाबी भएका विकृति र विसङ्गतिको दोष पनि वर्तमान राजनीतिक नेतृत्वमा नै जान्छ । सारा विकृति र विसङ्गतिको सिर्जनाकर्ता वर्तमान राजनीतिक नेतृत्व नै हो । ऊ सच्चिने हो भने ती विकृति र विसङ्गतिका विरुद्धमा जेहाद छाडेर लाग्न जरुरी छ । यसका विरुद्ध जाइलाग्ने प्रतिबद्धतासँगै अपराध र भ्रष्टाचारसँग सम्झौता नगर्ने सार्वजनिक वाचा गर्न जरुरी छ । भ्रष्टाचारको स्रोत निजी सम्पत्ति हो भने त्यसलाई सामाजिक गुठीमा हस्तान्तरण गर्ने अभियानको थालनी गर्न जरुरी छ । ’
नेतृत्वका बारेमा बुझाइ आआफ्ना होलान् भन्दै उनले गोरखापत्रको बिचार स्तंभमा भनेका छन् ‘समाज विज्ञानका दार्शनिक कार्ल माक्र्सले भने झैँ “म केही हैन तर म हरेक चिज हुँ” भन्ने उत्प्रेरक भनाइले नेतृत्वका बारेमा सङ्केत गर्छ । हरेक समय नेतृत्वले म सबथोक हुँ भन्यो भने ऊ आफू पनि सकियो, समाज पनि ध्वस्त बनाउँछ । खासखास बेलामा अर्थात् सङ्कटका बेलामा म केही पनि हैन भन्यो भने पनि समाज ध्वस्त हुनबाट कसैले बचाउन सक्दैन, त्यति बेला म सबथोक हुँ भन्न सक्नु पर्छ । नेतृत्वका बारेमा कार्ल माक्र्सको यो भनाइले राजनीतिक नेतृत्वलाई परिआएका बेला बलिदान गर्न र जोखिम मोल्न तयार हुने चरित्र नै नेतृत्वको चरित्र हो, त्यसमा पनि राजनीतिक नेतृत्वको अनिवार्य चरित्र हो भन्न सकिन्छ । यसै गरी नेल्सन मन्डेला भन्छन्, “वास्तविक नेतृत्व त्यो होस जो जनताको स्वतन्त्रताका लागि सम्पूर्ण कुरा परित्याग गर्न तत्पर रहन्छ ।” उपरोक्त भनाइका आधारमा निष्कर्ष निकाल्न सकिन्छ, नेतृत्व त्यो होस जसले आफूलाई म केही हैन भन्न सकोस् र परिआएका बेला आफूलाई सम्पूर्ण ठानी आफैँलाई बलिवेदीमा चढाउन पनि तत्पर होस् । राजनीतिक नेतृत्व त्यो होस जसले सर्वकाल आफूलाई जनता समान राख्न कोसिस गरोस्, परिआएका बेला जनतालाई नेतृत्व गर्ने उदाहरणीय कला क्षमता र साहस प्रदर्शन गर्न पनि सकोस् । सादापन र त्याग राजनीतिका विशिष्ट चरित्र हुने गर्छन् ।’
समाजवादी क्राान्तिको थालनी गर्ने, नेतृत्व गर्ने ,आमजनतालाई गोलबन्द गर्ने निजी सम्पत्तिको मोह त्याग्ने र सामूहिक सम्पत्तिको सिर्जना गर्ने अभियान तथा पैसाले पद, प्रतिष्ठा र पावर सबै खरिद गर्न सक्छ भन्ने मनोविज्ञान लाई घातक बताएर शुद्धिकरणको शन्देश दिन सक्ने चौथो र महत्वपुर्ण आंट पनि नेतृत्वमा हुनुपर्ने उल्लेख गरेका छन ।
उनले नेपालको राजनीतिक नेतृत्वको सन्दर्भ भन्दै अगाडी भनेका छन ‘राणा शासनको दबदबा भएका बेला राणा शासकविरुद्ध नझुक्ने बरु फाँसीमा चढ्न तयार हुने दशरथ, गङ्गालाल, धर्मभक्त र शुक्रराजहरू पनि देखिए तर राणा शासकको चाकरीमा हाजिर हुनेहरूको लामबन्दीको पनि कमी थिएन । राजा महेन्द्रको फौजी कान्डविरुद्धमा जेल जान तयार हुने कांग्रेसको पङ्क्ति पनि देखियो, प्रजातन्त्र मास्ने र पार्टीमाथि प्रतिबन्ध लगाउने उक्त कदमको समर्थनमा बत्ती बाल्ने कांग्रेसको पनि कमी देखिएन । गणतन्त्रको नारा निश्चय गर्दा अबको राजनीतिक नारा गणतन्त्रभन्दा तलको हुनै सक्दैन भन्ने साहसीको पङ्क्ति पनि देखियो र नेपालमा गणतन्त्र ल्याउँछौँ भन्नु बयलगाडा चढेर अमेरिका जान्छु भन्ने जस्तै असम्भव कुरा हो भन्नेहरूको पनि कमी देखिएन । ’
उनले संक्षिप्त राजनीतिक वृतान्त दिंदै अगाडि भनेका छन ‘२००७ सालमा राजा त्रिभुवनले नै गणतन्त्रको घोषणा गरेका थिए तर राजनीतिक नेतृत्वको असक्षमताका कारणले सो गणतन्त्र उपभोग हुन सकेन, प्रजातन्त्रको घाँटी निमोठेर निरङ्कुशता लाद्ने कदमका विरुद्ध पनि क्रान्तिको आँधीबेहरी सिर्जना हुन सकेन । २०३६ साल, ०४६ साल, ०५२ साल वा ०६२ र ६३ सालमा समेत जनता उर्लिए, राजतन्त्र अन्त्यको माग सडकमा यत्रतत्र सर्वत्र घन्कियो तर आन्दोलनको बलमा, आन्दोलनको जनादेशका भरमा राजतन्त्रको अन्त्य गर्ने काम हुन सकेन । आन्दोलन भयो । आन्दोलन सकियो । आन्दोलनको एक समझदारीका रूपमा जस्तै गरी संविधान सभाको पहिलो बैठकबाट मात्रै मतदान प्रक्रियावाट राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा गर्न सम्भव भयो । जुन कुरा आन्दोलनको बलमा घोषणा भएको हुन्थ्यो भने त्यसको मूल्य अर्कै हुने थियो होला ।’
उनले राजनीतिक नेतृत्वका लागि टिम, टाइम, ट्रोबल र ट्रान्जिसन जस्ता गुणका आधारमा राजनीतिक नेतृत्वको परीक्षण गरिन्छ भन्ने भनाइलाई सत्य मान्ने हो भने नेपालका राजनीतिक नेतृत्वको सकार र नकार चित्र देखा पर्छ भन्ने कुरा अभिब्यक्त गर्दै संविधानको कार्यान्वयनमा भरपूर क्षमता, साहस र आँट देखाउन सक्ने कि नसक्ने भन्ने पहिलो, राजनीतिक दल र न्यायालयलाई सङ्घीयकरण गर्ने आँट दोस्रो, भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा माहौल खडा गर्ने र परिआएका बखत बलिदान गर्न पनि तयार हुने तेस्रो आंट र समाजवादी क्राान्तिको थालनी गर्ने, नेतृत्व गर्ने ,आमजनतालाई गोलबन्द गनर्,े निजी सम्पत्तिको मोह त्याग्ने र सामूहिक सम्पत्तिको सिर्जना गर्ने अभियान तथा पैसाले पद, प्रतिष्ठा र पावर सबै खरिद गर्न सक्छ भन्ने मनोविज्ञान लाई घातक बताएर शुद्धिकरणको शन्देश दिन सक्ने चौथो र महत्वपुर्ण आंट पनि नेतृत्वमा हुनुपर्ने उल्लेख गरेका छन ।
वि.सं.२०८० भदौ ६ बुधवार १५:२८ मा प्रकाशित