back
CTIZAN AD

बाढीले थप क्षति पुर्याउन थालेपछि पालिकाद्वारा पुन:निर्माणमा सहयोग गर्न आग्रह

वि.सं.२०८० भदौ १० आइतवार

1.1K 

shares

सिन्धुपाल्चोक । मेलम्ची नदीमा आएको बाढीले थप क्षति पुर्याउन थालेपछि हेलम्बु गाउँपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग माग गरेको छ ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत साउन २८ गते र त्यसपछि लगातार आएको बाढी पहिराका कारण भएको क्षतिबारे अवगत गराउँदैे आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सहयोगका लागि अनुरोध गरे ।

उनले बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्चालन नदीका तटीय क्षेत्र संरक्षण भौतिक संरचनाको पुनःनिर्माण गाउँपालिकाको एकल प्रयासमा मात्र सम्भव नहुने हुँदा प्रदेश सरकारसंग सहयोग मागिएको बताए ।

सिन्धुपाल्चोकका केही नगर र गाउँपालिकामा विपद्का लागि रु एक करोड पठाए पनि हालसम्म अतिविपद् जोखिम रहेको मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी थाङ्पाल गाउँपालिकालगायतमा रकम पनि उपलब्ध नगराएको प्रति उनले असन्तुष्टि प्रकट गरे । अध्यक्ष शेर्पाले भने,“ हेलम्बु गाउँपालिकाका लागि मात्र तत्कालै रु तीन–चार करोड आवश्यक पर्दछ । ”

बाढीले हेलम्बु-४ स्थित जिल्लाकै पुरानो सरस्वती माविको एउटा भवन बाढीले बगाएपछि स्थानीयवासीको सक्रियतामा थप क्षति हुन नदिन प्रयासहरू भइरहेका छन् ।
रासस/फाइल फोटो

वि.सं.२०८० भदौ १० आइतवार ०९:५२ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...