back
CTIZAN AD

संसदीय समितिको निर्वाचन : कांग्रेसले दियो चार समितिमा उम्मेदवारी, अन्यमा क-कसले दिए त ?

वि.सं.२०८० भदौ १० आइतवार

1.1K 

shares

काठमाडौं । प्रतिनिधि सभाका १० संसदीय समितिमध्ये सत्ता साझेदार दल नेपाली कांग्रेसले चारवटा समितिमा उम्मेदवारी दर्ता गराएको छ ।

सोमबार हुने निर्वाचनका लागि आइतबार भएको मनोनयन दर्ताका क्रममा कांग्रेस नेतृ आरजु राणा देउवाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, रामहरि खतिवडाले सुशासन समिति, सन्तोष चालिसेले अर्थ समिति र जीवन परियारले संयुक्त संसदीय सुनुवाइ समितिको सभापतिमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

त्यसैगरी दुई समितिमा उम्मेदवारी मनोनयन दर्ता गराएको एमालेबाट ऋषिकेश पोखरेलले लेखा समिति र किरण शाहले महिला बालबालिका तथा सामाजिक समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रकी नेतृ विमला सुवेदीले कानुन, न्याय तथा माानव अधिकार समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।

त्यसैगरी दलहरुबीच भएको भागबण्डाका क्रममा माओवादीको भागमा परेको भनिएको पूर्वाधार विकास समितिको सभापतिमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीका अव्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने जनता समाजवादी पार्टीका राज किशोर यादवले अन्तराािष्ट्रय सम्बन्ध तथा पर्यटन समिति, एकिकृत समाजवादी पार्टीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उम्मेदवारी दर्ता गरेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पनि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधि सभाको निर्वाचन भएको नौ महिनापछि संसदीय समितिको नेतृत्व चयनका लागि सोमबार दिउँसो ३ बजे निर्वाचन हुन लागेको हो ।

 

वि.सं.२०८० भदौ १० आइतवार १६:३४ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...