back
CTIZAN AD

काठमाडौंबाट पेस्तोल र गोलीसहित २८ वर्षीय युवा पक्राउ

वि.सं.२०८० भदौ ११ सोमवार

705 

shares

काठमाडौँ । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटबाट मेड इन युएसए लेखेको एक थान पेस्तोल र ९ एमएन लेखिएको चार राउन्ड गोलीसहित काठमाडौँ महानगरपालिका–७ का चावहिलका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले गुण्डागर्दी तथा लागुऔषध कारोबारमा संलग्न श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको जानकारी दिए । पक्राउ श्रेष्ठले रामेछाप घर भई बौद्ध बस्ने सानुभाइ लामालाई धारिलो हतियार प्रहार गरी विसं २०६७ मा प्रहरी वृत्त बौद्धबाट ज्यान मार्ने उद्योगमा मुद्दा चलेर पाँच वर्ष कैद भुक्तानी गरिसकेको परिसर प्रमुख खत्रीले बताए । पक्राउ श्रेष्ठमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ प्रहरी परिसरको कार्यभार सम्हालेपछि पहिलोपल्ट आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै परिसर प्रमुख खत्रीले कोही कसैको सरुवा हुँदैमा कुनै पनि घटनाको अनुसन्धान प्रभावित नहुने बताए ।

“कोही कसैको सरुवा हुँदैमा अनुसन्धान प्रभावित हुँदैन, नियमित काम भइरहन्छ, जहाँसम्म भूटानी शरणार्थी प्रकरणको कुरा छ त्यो रोकिँदैन, कानूनअनुसार अगाडि बढ्छ,” उनले बताए ।

वि.सं.२०८० भदौ ११ सोमवार ०६:४६ मा प्रकाशित

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...