back
CTIZAN AD

बाह्र सय केजीभन्दा बढी पटाकासहित तीन जना पक्राउ

वि.सं.२०८० भदौ ११ सोमवार

927 

shares

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक हजार दुई सय २३ केजी पटाकासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट राजदेवी नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ३२ वर्षीय राजु भन्ने दीपक मण्डल, भारत बिहार बेतिया मजौलिया थाना सेनवरिया ग्राम घर भई हाल काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाही चक्रघट्ट गाउँपालिका-५ घर भई गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार काठमाडौं जिल्लामा केही व्यक्तिले गैरकानूनी रूपमा भारतबाट पटाका, भुइँचम्पालगायतका आतसबाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ६५ वटा बोरामा राखेका उक्त पटाकासहित काठमाडौं ताहाचल, मान्टारबाट शुक्रबार पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई विष्फोटक पदार्थसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए ।
रासस/फाइल फोटो

वि.सं.२०८० भदौ ११ सोमवार ०६:४४ मा प्रकाशित

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

जनकपुरधाम । बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय...

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु, एक्लै नहिडन सुझाव 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु, एक्लै नहिडन सुझाव 

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

दाङको जंगलबाट ११ नाल भरुवा बन्दुक बरामद

दाङको जंगलबाट ११ नाल भरुवा बन्दुक बरामद

दाङ । दाङको बङगलाचुली गाउँपालिका–८ स्थित घोरलभिर (पिपली जंगल) बाट...

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

कर्णाली । आमनेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन्...

सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ घाइते, तीन जनाको अवस्था गम्भीर

सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ घाइते, तीन जनाको अवस्था गम्भीर

सुर्खेत ।  सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा फोर्स गाडी दुर्घटना...