back
CTIZAN AD

बुद्धिजीवीहरुलाई टर्निंग पोईन्ट बुझ्न प्रधानमन्त्री प्रचण्डको आग्रह

वि.सं.२०८० भदौ ११ सोमवार

1.1K 

shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खास खास टर्निग पोईन्टमा बुद्धिजीवीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट बुद्धिजीवीहरूको संगठन नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले एकथरी व्यक्तिहरू सरकारको कामबाट विक्षिप्त भएको भन्दै त्यसको रक्षा र प्रचारमा बुद्धिजीवी संगठन लाग्नु पर्ने कुरामा पनि उनले जोड दिएका छन ।

विक्षिप्तहरु माओवादी पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका बेला त्यसलाई चिर्न बुद्धिजीवी संगठनले महत्वपूर्ण रोल खेल्नुपर्छ भन्दै उनले सातै प्रदेशमा कार्यक्रम लिएर जान थप निर्देशन दिएका थिए ।

बैठकमा बिशिष्ट अतिथि रहेका सो पार्टीका नेता दीनानाथ शर्माले ‘जनतासंग माओवादी’ बिशेष रुपान्तरण अभियानसंग जोडेर कार्यबिभाजन गर्न निर्देशन दिएका थिए भने सो संगठनका फ्याक्सन ईन्चार्ज खीमलाल देवकोटाले बुद्धिजीवी संगठनको मर्यादा बढाउन र अभिभारा पूरा गर्न संगठन गतिशिल हुनुपर्ने बताएका थिए ।

संयोजक कृष्णराज केसीको अध्यक्षता रहेको सो बैठकको संचालन सहसंयोजक नीलकण्ठ तिवारीले गरेका थिए भने संगठनका कार्यालय सदस्य लक्ष्मी प्रसाद पंडितले स्वागत गरेका थिए । संगठन श्रोतका अनुसार राधिका ओझा, कुल भुषण शर्मा, भरत गौतम, दुर्गादत्त भण्डारी, बीर बहादुर शाही, हरी क्षेत्री, प्राडा शीव कुमार राई, ठाकुर देवकोटा असिम, उपेन्द्र पौडेल,प्रदिप शाह, भरत शर्मा, शंकर खडका, निरोज पाण्डे बसन्त बागचन्द लगायतले आ–आफना क्षेत्रको रीपोर्टींग सहित धारणा राखेका थिए ।

छलफल पश्चात राजनैतिक र सांगठनिक प्रतिवेदन पास गर्ने निर्णय समेत गरेको सो बैठकले  आगामी असोजभित्र सातवटै प्रदेशमा भ्रष्टाचारबिरुद्ध सुशासन प्रवर्धनका चुनौती बिषयक बिचार गोष्ठी सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरेको बताईएको छ ।

 

वि.सं.२०८० भदौ ११ सोमवार ०६:४० मा प्रकाशित

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र...

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमिति पदस्थापित, वार्षिक क्यालेन्डर विमोचन

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमिति पदस्थापित, वार्षिक क्यालेन्डर विमोचन

काठमाडौं । लायन्स इन्टरनेशनल, मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपाल अन्तर्गत डिस्ट्रिक्ट...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा उज्यालो पार्टी...

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले...