काठमाडौं । नायिका नम्रता श्रेष्ठले लामो समयपछि सारुक मृत्यु प्रकरणमा आफ्नो भनााइ राखेकी छन् ।
नम्रतासँग ह्यासट्याग चलचित्रमा सँगै अभिनय गरेका नायक सारूक ताम्राकार आफ्नै घरमा झुण्डिएर आत्माहत्या गरी निधन भएको खबरले सम्पूर्ण चलचित्र जगतलाइ दुखी तुल्याएको कताउँदै त्यतिबेला आफुमाथि पनि चौतर्फि प्रहार भएको बताएकी छन् ।
यसअघि प्रंहरी अनुसन्धानमा समस्या हुने डरले परिवारकै कारण आपफु मेडियामा आउन नसकेको बताउँदै आफु महिला कलाकार भएकै कराण सारुकको मृत्युपछि धेरै आलोचना सुन्नु परेको भन्दै दुःख व्यक्त गरेकी छिन् ।
‘एकजना महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ..मेरो मौनतालाइ कमजोरी नठान्न अपिल गर्दछु,’ उनले सामाजिक संजालमा लेखेकी छन्, ‘म एक महिला मात्र नभएर कलाकार पनि हो अनी नेपाली नागरिक ..हरेक नेपाली नागरिकको बाँच्न पाउने नैसर्गिक अधिकार हुन्छ सायद यो देशमा कानुन मरेको छैन.. । यो कानुनी राज्य हो झुटको खेती गर्नुहुने सबै दिग्गज महानुभावहरुलाइ सत्यको बाटो हिड्नको लागी आग्रह गर्दछु ।’
उनले लेखेकी छन्
‘धेरै समयपछि सामाजिक सञ्जालमार्फत् केही वास्तविक सूचना हजुरहरू माझ प्रवाह गर्न जादै छु ! सन्दर्भ नेपाली चलचित्र ’३ ःब्थ्ब्’ छायङकन को क्रममा सोही चलचित्रका कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घरमा झुण्डिएर आत्मा हत्या गरी निधन भएको खबरले सम्पूर्ण चलचित्र जगतलाइ दुखी तुल्याएको छ, सर्वप्रथम स्वर्गीय कलाकार सारूकको निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना ब्यक्त गर्न चाहन्छु । स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए ऊनी सहयोगी भावना भएका मिलनसार ब्यतिm थिए यो घटनाले हामीलाई अचम्मित तुल्याएको छ । यस दुखद धडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दछु ! यो घटना केही दिन पहिले घटेको हो तर अहिले आएर सामाजिक सञ्जाल मार्फत म केही बोल्न बाध्य भए, सामान्य अबस्थामा पनि त्यतिसारो मिडियामा आउने मान्छे होइन म तर हाल यो घटनापश्चात एकलौटी रुपमा बिभिन्न मिडियामार्फत् कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लाग्नु भएको थियो, मेरो परिवार र हाम्रो कानुनी टीमले त्यो किसीमको हर्कतलाइ नजिकबाट नियालिरहेका थियौ । एकजना महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ..मेरो मौनतालाइ कमजोरी नठान्न अपिल गर्दछु , म एक महिला मात्र नभएर कलाकार पनि हो अनी नेपाली नागरिक ..हरेक नेपाली नागरिक को बाच्ने पाउने नैसर्गिक अधिकार हुन्छ सायद यो देशमा कानुन मरेको छैन..यो कानुनी राज्य हो झुटको खेती गर्नु हुने सबै दिग्गज महानुभावहरुलाइ सत्यको बाटो हिड्नको लागी आग्रह गर्दछु । थुप्रै मिडियाहरुबाट कल आएको थियो । मेरो फोन मेरो दादासँग हुन्थ्यो । अहिले पनि मेरो परिवारले नै ह्यान्डल गर्नुहुन्छ तर मिडियामा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर मेरो परिवारबाट बोल्ने अनुमति भएन । मैले बिभिन्न टेलिभिजनबाट लाइभ अन्तर्वार्ता दिन सक्थे तर बिगतमा मैले दिएका अन्तरवार्ता हरुलाइ बिभिन्न कुरा जोडेर तोडमोड गरियो । ट्रोल बनाउने प्रयास भयो त्यसकारण यस बखत टेलिभिजन अन्तरवार्तामा आइन ..आवश्यक पर्दा दिउला त्यसमा कुनै संकोच छैन । यो घटनासँग जोडिएका ‘बनावटी’ समाचार र बिभीन्न भिडियोहरू मेरो कानुनी टिमले हेर्नेनै छ । म यस चलचित्रको एक कलाकार पनि थिए, सोही चलचित्रको कलाकार भएको कारण मैले प्रहरी प्रशासनले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुराहरू बयान दिनु स्वाभाविक थियो होला तर यहाँ एकतर्फी रुपमा केही मुठ्ठी भर मान्छेहरू हात धोएरै लागे त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ । सुसाइड जस्तो सम्बेदनशील बिषयलाइ ग्लोरी गर्नु उचित हुदैन ! पत्रकार देशको चौथो अङ्ग हो म उहाँहरूलाइ सधै सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकारको धर्म हो.. । तर केही पित पत्रकारीता गर्ने अनलाइन मिडियाहरूबाट यो घटना पछी भ्युअरका लागि जुन कपोकल्पित समाचारहरु एकतर्फी रूपमा प्रसारण गरियो यस्ता तथ्यहीन समाचारप्रति म घोर भर्त्सना गर्दछु । यो किसीमका तथ्यहीन समाचार्प्रति सम्पूर्ण देश बिदेशमा रहनुभएका मेरा आफन्तजन, प्यारा दर्शक र शुभचिन्तकहरू सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु ! म आफै पनि मेन्टल हेल्थको सर्भाइवर र एडभोकेट समेत भएकोले मैले सोचें कसैको यस्तो सम्मेदनशील बिषयलाइ मिडियामा ल्याउन उचित ठानिन म टोटली घर अनि हस्पिटलतिर नै रहें, तर कपोकल्पित तबरले देशै छोडेर क्यानडातिर गएको जस्ता फण्डाहरु फिजाइयो जब की इण्डिया भन्दा बाहिर देश जाँदा भिसा चाहिन्छ, प्रहरी प्रशासनलाइ बयान दिन जादा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरुले भन्नु भयो.. तपाई त बिदेश तिर जानुभो भनेर हङगामा थियो त मिडियाहरु तिर ..
तर कतै भिजिट गरेको देखिन्नत भनेर सरप्राइज हुनु भयो । चलचित्र मेकीङ टिम र मृतकका परिवारसँग मेरो परिवारका सदस्यहरू र सहयोगीले शुरुका दिनहरुबाट पटक–पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउनु चाहनु भएन ।
म आफु बिरामी नै थिए परिवार कै रेखदेखमा रहें.. जब मलाई प्रहरी प्रशासनबाट बोलावट भयो म तुरुन्त म प्रहरी कार्यालय हाजिर भए यो घटना सम्बन्धि डिटेल इन्क्वाएरी भयो जे जे यथार्थ थियो र हो सबै बताए.. । सो चलचित्रको मेकिङ टिम, कलाकारहरु सबैजना सँग सोधपुछ भइरहेको जस्तो लाग्छ.. । किन की, सो चलचित्रको कलाकार म मात्र थिइन् । नेपाल प्रहरी बिश्वकै टप छ अनुसन्धानमा अब्बल प्रहरी हो भन्ने भनाइ छ । आसा छ यो घटनाको सत्यतथ्य पक्कै पनि दूधको दुध पानीको पानी हुनेगरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौ.. ।
’कोही अपराधी नउम्कयोस् निर्दोष नफसोस्’ भन्ने भनाइ हो, जहाँ सम्म कालो बोका र बुटीको कुरालाइ फण्डा बनाइएको थियो अहिले को एक्काईसैं सताब्दीमा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युक्ति संगत हुन्छ होला ? यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो सबैलाइ धर्म मान्ने स्वतन्त्रता छ..सबैले मनन गरौं । पूजा गर्ने गुरुको कुरा छ जुन चर्चाको नाम थियो उहांलाइ समेत प्रहरी प्रशासनले पहिले नै बयान लिइसकेको छ । अनुसन्धानलाइ प्रभाव पार्ने काम कोही कसै बाट नगरौं जस्टिस फर सारुक’ निष्पक्ष छानबिन होस, म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाइ अनुसन्धानको सवालमा पूर्ण सपोट रहने छ । अन्तमा मृतकको सम्पूर्ण परिवारलाइ धैर्य धारण गर्ने शक्ति मिलोस । .आदरणीय पुराना बरिष्ठ कलाकार सानु ताम्राकारज्यु बिरामी हुनुहुन्छ भन्ने सुनेको छु.. यदी सत्य हो भने शीघ्र स्वास्थ्य लाभको गर्दछु ! चलचित्र मेकिङ टिम र मृतकको परिवारहरु प्रति मेरो भन्नु केही छैन, प्रशासनलाइ सबै मिलेर अनुसन्धानमा बाधा नहुने गरी सहयोग गरौ ।धन्यबाद !! श्री पशुपतिनाथ ले सबै को कल्याण गरुन, सबै को जय होस ..
नम्रता श्रेष्ठ
काठमाडौं, नेपाल
मिति–२०८०/०५/११ गते सोमबार
मैले यो लेखेर पहीले नै पोष्ट गर्न तयार गरेको थिए किनकी रियालिटी बाहिर थाहाहोस भनेर..तर मेरो परिवारको सुझाव अनुसार प्रहरी अनुसन्धान मा बाधा पुग्ने भएकोले गरीन ..त्यही कुरालाई अहीले जस्ताको तेस्तै पोष्ट गरेको छु ।’
वि.सं.२०८० भदौ ११ सोमवार १४:१७ मा प्रकाशित






























