back
CTIZAN AD

त्रिभुवन विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सामुहिक सरुवा (पत्रसहित)

वि.सं.२०८० भदौ १३ बुधवार

1.8K 

shares

काठमाडौं । त्रिभुभन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले एकसाथ सामुहिक सरुवाको  माग गरेका छन् ।
हालै घटेको सुन तस्करी प्रकरणका कारण आफुहरुलाई विभिन्न निकायबाट दुःख दिईएको विभागका महानिर्देशकलाई सम्बोधन गरेर लेखिएको पत्रमा उल्लेखछ ।

सामुहिक सरुवा माग्नेमा विमानस्थलका ३५ अधिकृतसहित १ सय ३७ कर्मचारी रहेका छन् ।

पछिल्लो परिवेशमा सिर्जित लगभग ६० किलो सुन भन्सार चोरी/ छली जाँचपास भएको भन्ने घटनाक्रम पश्चात विभिन्न् निकायबाट गरिएिको अनुसन्धान तथा छानविनको बहानामा विभिन्न निकायहरुबाट हामीलाई विना कारण दुःख दिने तथा मानसिक रुपमा क्षतविक्षत बनाउने कार्यले कार्यालयमा रहि काम गर्न कठिनाई भएको महसुस भएको छ,’ उनीहरुले महानिर्देशकलाई लेखेको सामुहिक पत्रमा उल्लेख छ ।

उनीहरुले सुन तस्करी प्रकणको घटनाको दोषी जो कोहीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा कुनै द्धिमत नरहेको बताएका छन् । यद्यपी कर्तव्य पालनको शिलसिलामा खटिएका कर्मचारी माथि अनावस्यक धरपकड गर्ने, प्रमाण विना थुनामा राख्ने, संलग्नता भमएको येथेष्ट प्रमाण नहुँदा नहुँदै पक्राउ समेत गरी दुःख दिने नियत देखिएकोले कार्यालयमा उपस्थित भएर काम गर्ने वातावरण नभएको तथा कर्मचारीको व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पपन्न भएको समेत बताएका छन् ।

वि.सं.२०८० भदौ १३ बुधवार १५:०७ मा प्रकाशित

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...