back
CTIZAN AD

झापामा एसिया कप क्रिकेट लाईभ प्रसारण गरिने

वि.सं.२०८० भदौ १३ बुधवार

888 

shares

सुन्दरहरैँचा । सुन्दरहरैँचा/ कोशी प्रदेश क्रिकेट सङ्घ तथा मोरङ जिल्ला क्रिकेट सङ्घले संयुक्तरूपमा एसिया कप क्रिकेट खेल विराटनगरमा निःशुल्क देखाउने भएपछि खेलप्रेमीको आकर्षण बढेको छ ।

वल्र्डलिङ्कको सहकार्यमा एसिया कप क्रिकेट निःशुल्क देखाइने भएको हो । पहिलो पटक नेपालको एसिया कपअन्तर्गतको खेलहरू सेन्टर मलको छेउ नगर प्रहरी अगाडिको खाली जग्गामा प्रत्यक्ष प्रसारण गरिने तयारी भएको वल्र्डलिङ्क विराटनगर शाखाप्रमुख सुरज दाहालले जानकारी दिए । उनले नेपालले आज घरेलु टोलीले पाकिस्तानसित पहिलो भेटअन्तर्गत् खेल्ने जानकारी दिए ।

सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः१५ बजे हुनेछ । एसिया कप पाकिस्तान र श्रीलङ्काले सञ्चालन गर्दैछन् । गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको थियो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।

एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् । बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् । प्रतियोगितामा छ राष्ट्रको सहभागिता रहने उल्लेख गरिएको छ । दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

नेपालले पाकिस्तान विरूद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलङ्कामा खेल्ने उल्लेख गरिएको छ । नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा चर्चामा रहेको पाकिस्तानसँग खेल्न लागेको हुँदा विश्वभरका खेलप्रेमीहरूले उक्त खेल महत्वका साथ हेरेका छन् ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।

वि.सं.२०८० भदौ १३ बुधवार १४:५१ मा प्रकाशित

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

भद्रपुर ।झापां, ।  झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित...

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

काठमाडौं । काठमाडौँ महानगरपालिकाको आन्तरिक राजस्व संकलन पछिल्ला ६ वर्षमा...

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री...

चार लाख भारतीय रकमसहित पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट...